यस्तो हुनेछ संविधान जारी गर्ने छोटो बाटो
काठमाडौं – १६ बुँदे सहमति पहिले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पठाइनेछ । समितिले पूर्ण बैठकमा सैद्धान्तिक छलफल गराएर प्रतिवेदनका रुपमा मिलेका विषय संविधान मस्यौदा समितिमा पठाउनेछ । त्यसपछि दलीय सहमतिमा नयाँ कार्यतालिका निर्धारित हुनेछ । सभाको निर्देशन अनुसार समितिले संविधानको प्रारम्भिक मस्यौदा तयार पार्नेछ ।
हालको कार्यतालिकाअनुसार संविधानको प्रारम्भिक मस्यौदा तयार भएपछि संविधान जारी गर्न एक सय २० दिनको कार्यतालिका छ । पूर्ण कार्यतालिका अनुसार अघि बढेमा असोजसम्ममा संविधान जारी हुनसक्छ ।
फास्ट ट्याकमा मस्यौदालेखन भए पनि कम्तीमा १५ देखि २० दिनसम्म समय लाग्नेछ । यसका लागि मस्यौदालेखन र संविधानसभामा छलपल गरी पारित गर्नेबाहेक अन्य सबै नियम निलम्बन गर्नुपर्छ । जनमत संकलन समिति निलम्बनमा पर्नेछ भने संशोधन दर्तादेखि अध्ययनसम्म सबै समय छोटिनेछ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
0 comments :
Post a Comment