संविधानसभाको बैठकलाई बहिस्कार गर्ने निर्णय
काठमाडौं, जेठ २६ – एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धन मंगलबार औपचारिक रुपमा विभाजन भएको छ । शीर्ष चार दलले गरेको १६ बुँदे सहमतिबाट असन्तुष्ट दलहरुले मोर्चाबाट अलग हुने निर्णय गरेका हुन् ।
सहमतिबाट असन्तुष्ट रहेका मधेशी दलहरुसहित १७ दलको सिंहदरवारमा बसेको बैठकले मोर्चाबाट अलग हुने निर्णय गरेको हो । बैठकमा भएको निर्णय जानकारी दिँदै तमलोपाका हृदयेश त्रिपाठीले ३० दलीय गठबन्धनसँग सम्बन्धविच्देछ गरेको जानकरी दिए ।
‘चार दलको १६ बुँदे सहमतिमध्ये हामीलाई कुनैमा सहमति छैन,’ त्रिपाठीले भने । उनले भूकम्पपीडितलाई राहत र पुर्नस्थापना गर्न छाडेर प्रचण्ड र विजयकुमार गच्छदार सत्ताको खेलमा लागेको आरोप लगाए ।
उनले १६ बुँदे सम्झौतालाई प्रतिगमनको सुरुवातको संज्ञा दिएका छन् । ‘यो सम्झौता अन्तरिम संविधानको १३८ धारालाई उल्लंघ मात्र गरेको छैन त्यसको गरिमालाई पनि ध्वस्त गरेको छ ।’
उनले शीर्ष दलहरुबीच भएको सहमति संघीयतालाई ओझेलमा पार्ने खेल भएको अरोप लागए । ‘अब यसको कडा विरोध हुन्छ ।’
आजको बैठकले संविधानसभाको बैठकलाई बहिस्कार गर्ने निर्णय समेत गरेको छ । असन्तुष्टमध्ये १२ दलले संविधानसभाको प्रतिनिधित्व गर्दछन् । ‘अब कसरी अघि बढ्ने भन्ने विषयमा अर्को बैठकले तय गर्नेछ,’ त्रिपाठीले भने ।
असन्तुष्ट दलहरुले आज ५ बजे बस्ने भनिएको डा. बाबुराम भट्टराईको संवैधानिक राजनीतिक संवाद तथा सहमति सहमतिको बैठक भाग लिने बताइएको छ । उनीहरुले त्यहाँ आफ्नो कुरा राख्नेछन् ।
असन्तुष्ट दलहरुको तर्फबाट महन्थ ठाकुरले हस्ताक्षर गरिएको विज्ञप्ति जारी गरिएको छ ।
३० दलमध्ये एमाओवादी नेतृत्वमा १३ दलले संविधानसभा बहिस्कारको निर्णय खारेज गर्दै संविधानसभा बैठकमा जाने निर्णय गरिसकेको छ ।
0 comments :
Post a Comment