बाल्टिमोर, बहूप्रतिष्ठित च्याम्पियन्स लिगकाेलीगको उपाधि बार्सिलोनाले जितेको छ । गएराती सम्पन्न खेलमा इटालियन युभेन्टसलाई ३–१ गोल अन्तरले पाखा लगाउँदै बार्सिलोनाले पाँचौपटक यो उपाधिमाथि कब्जा जमाएको हो । बार्साको जितको लागि राकिटिक, लुइस सुवारेज र नेयमारले एक–एक गोल गरे ।
खेलमा पकड जमाउँदै बार्सिलोनाका लागि पहिलो हाफको ४ मिनेटमा नै राकिटिकले गोल गरे । खेलको दोस्रो हापमा युभेन्टस्का लागि अल्भेरो मोराटाले ५५ औं मिनेटमा बराबरी गोल फर्काए पनि ६८ औं मिनेटमा बार्सिलोनाका सुआरेजले गोल गरेपछि बार्सिलोना २–१ ले अघि रह्याे ।
अतिरिक्त समयको अन्तिम मिनेटमा युवा स्ट्राइगर नेयमारले गोल गरेपछि बार्सिलोना ३–१ ले विजयी भयाे ।
फाइनल खेलमा लियोनेल मेसीले गोल गर्न नसके पनि नेयमार, सुवारेजको लागि अवसर निर्माणमा महत्वपूर्ण सहयो गरेका थिए । मेसीको ६८ मिनेटमा कडा प्रहार गरेको बल फर्किदा सुवारेजले गोल गरेका थिए ।
उपाधिसँगै बार्सिलोनाले यो सिजनमा तीनवटा महत्वपूर्ण उपाधि कब्जा गर्यो । स्पेनी लिग, कोपा डेल रे कप बार्सिलोनाले यस अघि नै जितिसकेको छ ।
सेमिफ़ाइनलमा रियल म्याड्रिडलाइ यूभेन्टस् र बार्यन म्यूनिखलाइ बार्सिलोनाले हराएर यो फाइनल भेट तय गरेका थिए ।
0 comments :
Post a Comment