English Edition

एनआरएन एनसिसि युएसए प्रेस-विज्ञप्ति

NRN NCC USA को June 13,2015 मा हुने केन्द्रीय समितिको बैठक मेरिल्याण्ड राज्यको बाल्टिमोरमा हुने भएको छ । सो बैठकमा NRN NCC USA ले आफ्नो नीति तथा कार्यक्रमको विषयमा बृहत् छलफल द्वारा सो प्रकाशमा ल्याउने छ । सोही दिनमा अमेरिकाको लागि नव नियुक्त राजदूत डा. अर्जुन कार्कीको प्रमुख आतिथ्यमा Town Hall Meeting कार्यक्रम पनि राखिएको छ । NRN NCC USA का सम्पूर्ण साधारण सदस्यहरू,आजीवन सदस्यहरू, बुद्धिजीवी,पत्रकार,कलाकार ,विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू,लव्ध प्रतिष्ठित व्यक्तिहरूलाई हार्दिक आमन्त्रणका साथ अमूल्य सल्लाह र सुझावहरूको पनि अपेक्षा गरिएको छ । उक्त कार्यक्रममा NRN NCC USA का निवर्तमान पदाधिकारीहरूलाई बिदाइ तथा धन्यवाद एवम् NRN ICC का पदाधिकारीहरूलाई सम्मान गर्ने कार्यक्रम पनि राखिएको छ । DC मेट्रो क्षेत्र वरपर र बाल्टिमोर क्षेत्र वरपरका विभिन्न नेपाली सङ्घ संस्थाहरूको विशेष सहभागिता हुने सो कार्यक्रममा NRN NCC USA केन्द्रीय समिति, मेरिल्याण्ड च्याप्टर,भर्जिनिया च्याप्टर विशेष तयारीमा जुटेको छ । NRN NCC USA का अध्यक्ष डा.केशव पौडेलको अध्यक्षतामा June 2, 2015 मा बसेको Conference Call Meeting मा अध्यक्ष द्वारा सम्पूर्ण केन्द्रीय पदाधिकारी,स्थानीय च्याप्टरका पदाधिकारीहरूलाई कार्यक्रम अर्थपूर्ण र सफल बनाउन आवश्यक निर्देशन दिइएको छ ।
सर्बज्ञ वाग्ले 
मिडिया कोर्डिनेटर 
एनआरएन एनसिसि युएसए
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment