ग्लामर दुनियाँ-कृष्ण के.सी
खै सबैलाई ग्रामर होइन ग्ल्यामर लागेको छ आजकल । हरेक आँखामा ग्लामर छ, शरीरका हरेक अङ प्रतेङगमा ग्लामर छ । मनमा छ ग्लामर, तनमा छ ग्लामर अनि धन, कला र साहित्यमा छ ग्लामर । खेलकुद, समाजसेवा, राजनीति र धार्मिककार्यमा पनि छ ग्लामर । व्यापारमा त झन बढी छ ग्लामर, उद्य्धोग, पर्यटन, शिक्षा र पहिरनमा पनि छ ग्लामर । दु:खको कुरा होइन सेवा नै गर्न भनेर जाने भूकम्प-पिडा र श्रधांजलीमा पनि देखियो ग्लामर । रोदन, क्रन्दन र आसुँमा देखियो ग्लामर, पीडित बिधवमा देखे कतिले ग्लामर, बिछोडको पिडामा मलमको नाउमा देखे कतिले ग्लामर त मैले यसो भनिरहदा तपाईँले मलाई पागल भन्दै गालीगर्नु हुन्छ-पक्का हो तर तौलेर हेर्नुहोस् तपाईँको धेरै जसो गालीका शब्दहरू ग्लामर बिन बन्दैनन । किरा फट्यङ्रा, चरा, जनावर, बोट्-बिरुवामा ग्लामर, धर्ती र आकाश, प्रकृतिमा त झन छ ग्लामर । युध्यमा, रमझम र रत्तेलीमा छ ग्लामर केवल परिवेश र अर्थमा फरक छ तर जतातै छ ग्लामर ।
मबिबीको राष्ट्रबाद, बीपिको तीन घुम्ती देखि मोहन बिक्रमको चोर औले क्रान्तिमा पनि छ ग्लामर, प्रचन्डको लाल आतंकबाद, ओलिको डनबाद, हिसिलाको कर्केउली र सूर्य बहादुरको घुर्केउली, गगनको जोस र सत्यमोहनकी इतिहास, पुषकरलालको कामना देखि मिस युनिभर्श अनि राजेशको हे हे हे, चेपङ अनि राउटेको बिबस्तमा पनि छ त ग्लामर । पत्रकारितामा त झनै हुन्छ ग्लामर, गीत, धुन, रोदी, सोरठी, देउडा, लोक र चोक सबैमा छ ग्लामर।
मेरो जिन्दगीको लगभग दुई दशक समाज सेवा, काम, पढाई अनि आफन्तकै लागि बिताय अब अलिक फरक सोच्दै छु । नजिकबाट हेर्दा नराम्रो लाग्छ ग्लामर शब्द तर जतातै तेही छ, कुनै न कुनै रूपमा । राम्रोको लागि या नराम्रो को लागि, जानेर या न जानेर तर छ । मेरो बुझाइले ग्लामर संसारमा सबैमा हुन्छ भन्ने माने पछि यतिठुलो पाटा नै पत्रकारितामा किन नजाने भन्दै यो प्रयास गर्दैछु ।
मेरो चुनौती भनेको तपाईँ हरेकमा हुन्छ ग्लामर त्यसलाई राम्रो र परिस्क्रित् रूपमा उतार्ने प्रयास नै मेरो यो अभियान हो । तयार रहनुहोस् तपाईँको ग्लामर के र कस्तो छ ?
छिट्टै आउँदैछ नेपाली अमेरिकन मिडियाहरुमा ।
0 comments :
Post a Comment