मोरङ / नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले फास्ट ट्रयाकबाट सहमति गरी साउनमै संविधान जारी गर्ने बताएका छन् । बिहीबार साँझ विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री सिटौलाले यस्तो बताएका हुन् । उनले अहिले असहमति तथा फरक राखेका दलहरुलाई विश्वासमै लिएर संविधान जारी गरिने पनि जिकिर गरेका छन् । त्यसका लागी मधेसवादी दल तथा मोर्चाहरुसंग प्रधानमन्त्री सुशील कोइरालाले छलफल गरिरहेको पनि उनको भनाई छ। उनले संविधानका मस्यौदालाई १५ दिनभित्रमा पुर्णता दिएर छोटो बाटोबाट प्रक्रिया पु¥याएर संविधान जारी हुने दाबी गरे । महामन्त्री सिटौलाले मुख्य चारदलबीच भएको १६ बुँदे सहमतिले संविधान निमार्णका लागि बाटो खुलेको उल्लेख गर्दै आगामी असार मसान्तसम्म नभए साउनको पहिलो हप्तासम्ममा संविधान जारीगर्ने प्रयास भइरहेको बताएका हुन् । | |
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment