![]() |
सागर घिमिरे |
बाल्टिमाेर जुन ११, सबैलाइ थाहा थियाे एनअारएन युएसएकाे फितलाे चुनाब पद्धतीकाे बारेमा । चुनाब पछि मात्र हाेइन चुनाब अघिनै सबैले अड्कल बाजी गरकै थिए याे पद्धति सहि पद्धती हाेइन भनेर । तर यहाँका मिडीया पर्यबेक्षक वा भनाै नेपाली समाजकाे पक्षमा बकालत गर्ने संघ सस्था र ब्यक्तीहरू सबै चुप लागेर बसे कसैले अावाज उठाउने हिम्मत सम्म गरेनन् किनकी परिणाम अन्याेलमा थियाे । कसैलाइ कस्ले जित्छ भन्ने बारेमा अडकल् काट्न गार्हाे थियाे त्यसैले कसैले चुनाब पद्धतीकाे बारेमा अावाज उठाएनन् । सबै उम्मेदवाहरुलाइ बिस्वास थियाे खल्तिमा बाेकेर हिडेकाे मतदाताकाे इमेलकाे लिस्टले अाफुलाइ नै जिताउछ भन्नेमा ठुक्क थिए, जब परिणाम बाहिर अायाे अब चिच्चाउदै छन चुनाब पद्धती ठिक भएन भनेर। त्यती मात्र हाेइन चुनाबकाे परिणाम नअाउदासम्म चुप लागेर बसेका यहाँका ठुला नेपाली मिडिया भनाउदाहरु पनी यतिबेला सम्पन्न भैसकेकाे चुनाब पद्धतीकाे बारेमा प्रश्न उठाउदै छन । यत्राे चुनाब सम्पन्न हुनु अघि या भनाै बिगतकाे चुनाबकाे पद्धतीकाे बारेमा किन जानकार थिएनन् काेही ? चुनाब अघिसम्म त्यहि प्रकृयाकाे बकालत गर्ने, हस्ताक्षर गर्ने अनी जब परीणाम अर्काकाे पाेल्टामा गयाे तब गुठ बनाएन बिराेधकाे हस्ताक्षर संकलन गर्दै हिडने कहाँ सम्मकाे न्यायाेचित कुरा हाे याे ? अर्काे कुरा निर्वाचनकाे यस्ताे फितलाे पद्धती हुनुमा दाेष कस्काे बिगतकाे कार्यसमितिकाे, निर्वाचन अायाेगकाे अथवा उम्मेदबारकाे, छानबिन हुनु यस्मा जरुरी थियाे जब बिगतमा भएका निर्वाचनले पाठ सिकाइसकेकाे थियाे त अिहले अाएर फेरी त्यहि पद्धती किन ?
अमेरीका जस्ताे देशमा एनअारएनकाे चुनाबकाे पद्धती हेर्ने हाे भने साच्चिकै लाजकाे मर्नु थियाे भन्दा फरक पर्दैन नाम मात्रकाे अनलाइन । जाे काेहिले इमेल अाइडि बनाएर दश डलर खर्च गर्न सक्थाै त एनअारएनकाे अाधिकारिक सदश्य बन्न सक्ने थियाे, न कुनै परिचय खुलाउन सक्ने Verify System थियाे न कुनै सुरक्षात्मक अाधार थियाे, अचम्मकाे कुरा एउटै कम्पयुटर अथवा डिभाइसबाट हजाराै भाेट समेत गर्न सकिन्थ्याे कुनै IP Address पत्ता लागाउने सिस्टम समेत थिएन । हासाे लाग्दाे कुरा यदि कसैले ३ महिनाकाे चुनाब अबधीभर चार हजार नयाँ इमेल अाइडी बनाएर चालिस हजार डलर खर्च गर्न सक्थ्याे त त्याे नै एनअारएन एनसिसि युएसएकाे अध्यक्ष पदमा भारी मतले बिजयी हुन सक्थ्याे । याे सबै याे पटक मात्र हाेइन बिगतका समेत भएकाे कुरा हाे, याे हुनुमा बास्तवमा दाेषी के अिहले निर्वाचनमा बिजयी हुनेहरु हुन वा बिगतमा एनअारएनकाे जिम्मेबार पदमा बसेर यस्ताे फितलाे पद्धती समेत सुधार्न नसक्ने हरु हुन । हाे अहिलेकाे निर्वाचन स्बच्छ रुपमा सम्पन्न भयाे भन्नु मुर्खता हाे तर चुनाबकाे परीणाम नअाउदा सम्म चुप लागेर बस्ने जब नतिजा अायाे तब हारेकाे रिसमा धाधली भयाे बरखास्त गर्नुपर्याे भन्दै हिडनु हार स्विकार्न नसकेर गरिएकाे अात्महत्या हाे भन्दा फरक नपर्ला ।
चुनाब सम्पन्न भएर नतिजा नअाउदा सम्म तिनै उम्मेदबारकाे फेसबुक पेजमा चुनाब धाधली रहित र स्बच्छ रुपमा सम्पन्न गर्नु भएकाेमा सम्पुर्ण मतादातालाइ धन्यबाद भनेर देखिनु जब नतिजा हारेकाे अाउछ तब चुनाबमा धाधली भयाे छानिबन गर्नु पर्याे भन्दै हस्तान्तरण संकलन गर्दै हिड्नु के यहि हाे अमेरिककाका प्रत्यासी उम्मेदवारकाे हैसियत ?
![]() |
चुनाब सम्पन्न भएपछि अध्यक्ष उम्मेदवाहरु द्धारा स्वच्छ र धाधली रहित रुपमा निर्वाचन सम्पन्न भएकाेमा साेसिएल मिडिया मार्फत मतदातालाइ धन्यबाद दिदै |
![]() |
चुनाबमा स्बच्छ र धाधली रहित भन्नेहरु चुनाबकाे नतिजा पश्चात चुनाबमा धाधली र अनियमितता भएकाे भन्दै प्रेस िबज्ञप्ति िनकाल्दै |
0 comments :
Post a Comment