बाल्टिमाेर जुन १२, हामि नेपाली आफुलाई संसारका बहादुर भन्छौ अनि खुकुरीको शान देखाउछौ | खुकुरी एउटा नेपाल चिनाउने बस्तु हुन सक्ला तर साध्य हुन सक्दैन | कसले के बनाउने भनी आज संसारमा बिज्ञानको होडबाजी चलेको अबस्थामा हामी सधै वीरताका कुरा गर्छौ | अब यस्ता कुरा इतिहासमा सिमित भैसकेको छ | वीरता र बहादुरीलाई नयाँ सिराबाट हेरौ |
प्रसङ्गमा जान्छु, एउटा ठुलो बिपत जसलाई हामी महाभुकम्प भन्छौ, जसले नेपाल र नेपाली जनता लाइ नराम्रोसंग डस्यो | सबै घरबार बिहिन हुनपुगे | धरैको परिवार गुम्यो, जसले नेपाल भित्र र बाहिर बस्ने कसैको मन शान्त पारेन | सबैलाई दुखि बनायो | त्यसभित्रको केही कारण मध्येको एउटा कारण थियो गरिबी | यसले सबैलाई गरिबी बनायो ?
अवस्य, राज्य त्यसको दोषी भयो किनकि आजसम्म नेपाल सरकारसंग कुनै त्यस्तो भाबी योजना छैन | यदि भएको भए यस्तो बिधि ठुलो घटना हुदैन थियो होला | मतलब कम हुन्थियो ! अब पनि कुनै त्यस्तो तारतम्य नेपाल सरकारको छैन| कि भोलि बिपत आउदा क्षती कम गर्न सकोस | तर हाम्रो सोच कस्तो छ भने बाढी आयो सरकार फेरिदिए हुन्थ्यो, महामारी फैलियो सरकार फेरिदिए हुन्थ्यो | एरपोर्ट जाम हुन्छ सरकार फेरिदिए हुन्थ्यो |
यो सबै भित्र स्वार्थ लुकेको छ | कसलाई मन्त्रि बनाइयो भने मन्त्रि क्वाटरमा संगै बसेर डिनर खान पाइन्छ | अनि बोलपत्र र ठेक्का मिलाउन सकिन्छ | खाली सत्तामा पुराउने र खसाल्ने काम मात्र भैरह्यो नेपालमा | त्यसकारण नेपालले कुनै पनि विकास निर्माणमा छलांग मार्न सकेन | र नेपाल जहाँको तही बस्यो, संसारले फड्को मार्यो | र परिपाटी पनि कस्तो बस्यो भने बिग्रियको बस्तुलाइ पुनर्निर्माण गर्दै नयाँ बस्तु निर्माण गर्नेतिर कसैको ध्यान जान सकेन | मात्र बिरोधको नाउँमा बिरोध मात्र भयो | कतैबाट स्थाई समाधान आएन र आउदैन पनि | किनभने योग्य मानिसको जमात भएको तर सिस्टम बसाल्न नसकेको ठाउमा कसरी योग्य मानिसले काम गर्न सक्छ ?
जबसम्म योग्य मानिसहरुको जमघट हुदैन तबसम्म अन्योल कायमै रहन्छ | मेरो निष्कर्ष जनता र नेता दुबैलाई राष्ट्रको कानुन पालन गर्ने सिस्टम भित्र राखौ भन्ने हो |
मानसिकता चेन्ज गरौ :
अब सधै विपद पर्दा यसरी नै झोले सिस्टम बस्यो भने राष्ट्र कहिले माथि जादैन | एक पटक बिपत पर्दा दस वर्षसम्म पनि तिनीहरुकै नाउमा राहात माग्दा माग्दै सरकारले केही गर्ने सक्दैन | अनि थाप्नेले पनि थाप्दा थाप्दै आफ्नो पौरखी पाखुरीको बल घटेको पतै हुदैन | भन्न खोजेको अब हामीले नै केही गर्न पर्छ | दुनियाको मुख ताकेर कति दिन बस्ने ? राजनीति गर्नेको बिदेशीसंग माग्ने बानी जनताको सरकारसंग माग्ने बानि ! यही हो अहिलेको नेपालको बास्तबिकता |
नेपालमा मात्र होइन बिपत परेको | विपदपछि नै हो जापान धेरै माथि गएको | बिपद्पछी ती देशका सासक मात्र राम्रा भएर होइन जनताले पनि सक्दो सहयोग गरे | शासकले जनतालाई सम्मान गर्यो, जनताको पिडामा सहभागी भयो | देश निर्माणमा जनातासंगै आगाडी बढ्यो | देस धनि हुदै गयो बिकास निर्माण बढ्दै गयो र सरकार जनतासंग हातेमालो गर्न थाल्यो | जनता खुशी हुदै गए !
तर हाम्रो देशमा ठिक उल्टो छ ! न राजाको सरकार न कुनै पार्टीको सरकार कसैलाई राम्रो काम गर्न दिदै दिइन्न | यहाँ कहिले अमेरिका बनाउने भासण फुकछन् त कहिले सिगापुर बनाउने ! यो सबै जनता अल्मलाउने काम मात्र बन्न पुगेको छ | त्यसकारण अब हामीले सपनाको होइन बास्तबिकताको ऐना हेर्नुपर्छ | जहाँ नयाँ नेपालको सुनौलो मुहार देख्न सकिन्छ |
0 comments :
Post a Comment