English Edition

हामी लगभग तयार अवस्थामा छौं - जेदु पोखरेल

जेदु पोखरेल  एनआरएन अमेरिका मेरिल्याल्ड शाखाका अध्यक्ष हुनुहुन्छ | एनआरएन अमेरिकाका नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक र बृहत टाउन हल मिटिंग मेरिल्याण्डको बाल्टिमोरमा
हुदैछ | पोखरेल कार्यक्रम तयारी समितिका संयोजक पनि हुनुहुन्छ | सोहि बिषयलाई लिएर पोखरेलसंग द नेपाल टुडेका सतिश चापागाईं ले गरेको कुराकानी प्रस्तुत छ :

जेदु जी, कार्यक्रमको तयारी कस्तो छ ?

हामी लगभग तयार अवस्थामा छौं | अन्तिम चरणका कामहरु गर्दैछौं | कार्यक्रम स्थल, पाहुनाहरुको आवास र खानाको बारेमा टुंगो लाग्यो | शुक्रबारदेखि सहभागीहरु आउने क्रम शुरु हुन्छ | हामीले यो कार्यक्रमलाई ऐतिहासिक बनाउने बारेमा लागिपरेका छौं |

मेरिल्याण्डको कार्यसमिति नै पूर्ण छैन | कसरी यति ठुलो काम गर्न  सक्नुहुन्छ ?
मेरिल्याण्डका समाजसेवी र एनआरएन प्रेमीहरुको माया र सहयोगले नै हामीले सबै काम गर्न खोजेका हौँ | कार्यसमिति भन्ने प्राबिधिक कुरा हो | यो भेला कै क्रममा हामीले कार्यसमितिलाई पूर्णता दिने बारेमा सोचेका छौं | ब्यापक छलफल चलिरहेको छ | सबै पक्षलाई समेटेर कार्यसमितिको
 पूर्णता दिनेछौं |

केन्द्र मै विवाद छ | च्याप्टरमा पनि विवाद छ भन्ने सुनेका छौ नी !

हामी प्रजातन्त्रमा विश्वास गर्छौं | संसारमा विवादरहित केहि पनि छैन | असहमति कै बीचबाट एउटा सहमति खोज्ने हो | यो प्रयास केन्द्रमा पनि जारि छ र च्याप्टरमा पनि भईरहेको छ | केन्द्रिय अध्यक्षले अति संयमित ढंगले यसको समाधान गर्ने प्रयास गर्नु भएको छ | केहिदिन मै सबैलाइ चित्त बुझ्ने गरि हामी आगाडी आउने छौं |

भनेपछि तपाइँ ढुक्क हुनुहुन्छ ?
सतप्रतिशत चित्त बुझाउन कसैले सक्दैन | हामीले बहुमत साथीहरुको राय र सुझाबका साथ् अगाडी बढ्ने प्रयास गर्नेछौं |

पार्टीगत रुपमा एकपक्षीय तरीकाले अगाडी बढ्न खोज्दा विवाद आएको हो भन्ने छ नी !

त्यस्तो केहि होइन | राजनीति गर्ने अरु ठाउं छन् | एनआरएनमा आएका साथीहरु विशुद्द समाजसेवाको भावनाले आउनु भएको छ | जहाँ पनि राजनीति देख्नु हुन्न | विवाद गर्ने साथीहरुका पनि त कहिकतै आस्था होला नी ! हामीले सबै मिलेर अगाडी बढौं भन्ने सोच राख्नै पर्छ |

अन्यथा के हुन्छ ?

भर्खर सुरु भएको संस्था हो | अमेरिकामा बस्ने धेरै नेपालीको आस्था बन्दैछ | अहिलेदेखि नै विवाद गर्यौं भने हामीले यसलाई राम्रो बनाउन सक्दैनौं | सबै मिलेर संगठन गरौँ | भोलिका दिनमा सबैलाई उचित स्थान मिल्छ | राजनीतिबाट मान्छेहरु वाक्क भएका छन् | सबैले समय मै सोच्न पर्छ |

यसपाली के के हुदैछ ?
हामीले केन्द्रिय समितिको बैठक र बृहत टाउन हल मिटिंग राखेका छौं | टाउन हल मिटिंगबाट आएका कुराहरुलाई केन्द्रिय समितिले विचार गर्छ र आफ्ना कार्ययोजनामा समाबेश गर्छ |

  टाउन हल मिटिंग र केन्द्रिय समितिको यो बैठकको महत्व के हो ?
यो औपचारिक पहिलो बैठक हो | एजेन्डाहरु त केन्द्रिय समितिले नै तय गरेको छ होला | हामी आयोजक हौँ | मेरिल्याण्डबासी नेपालीहरुलाई यो अवसर हो |  टाउन हल मिटिंगमा हाम्रा कुराहरु केन्द्रमा राख्न सकौं | हाम्रा आफ्नै थुप्रै समस्या छन् | देशका लागि गर्नु पर्ने कामहरु धेरै छन् | कम्तिमा केन्द्रिय समितिलाई एउटा खाका दिन सकियो भने यो दुई बर्षमा हाम्रा लागि र नेपालका लागि केहि सकारात्मक र ठोस पहल शुरु गर्न सकिन्छ | यहि नै हो |

कति जति सहभागीको अपेक्षा गर्नु भएको छ ?

झन्डै दुई सय पचास देखि तीन सय जनाको सहभागिता हुन्छ भन्ने अनुमान हो |

मेरिल्याण्डबासी नेपालीहरुबाट तपाईले गरेको आशा के हो ?
सबै मिलेर यो भेला र बैठक सफल पारौं | सबैजना सहभागी बनौ | हाम्रा समस्या के हुन्? के गरेर समाधान गर्न सकिन्छ? आफ्ना विचार राखौं |

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment