English Edition

सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र चाहियो -कमल थापा

kamal-thapa1काठमाडौँ : संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले फरक मत राखेका छन् ।
सभापतिज्यू
संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति 
सिंहदरबार, काठमाडौँ ।
बिषय : नेपालको भावि संविधानमा समावेश गरिनु पर्ने विषय बारे राप्रपा नेपालको फरक मत
सभापतिज्यू,
नेपाली जनताको चाहना अनुरुप संबिधान निर्माणको कार्यमा राप्रपा नेपालले सदैव सकारात्मक एवम् रचनात्मक योगदान पुर्‍याउंदै आएको सर्वविदित छ । कतिपय बिषयहरुमा राप्रपा नेपालको आधारभुत रुपमा नै फरक दृष्टिकोण रहेको भएता पनि  संविधान र नियमावलीमा भएको व्यवस्था अनुरुप विधि र प्रक्रियाबाट हुने निर्णयमा राप्रपा नेपाल सदैव सकारात्मक रहने पार्टीको स्पष्ट धारणा रहेको छ । तर, दुर्भाग्यवश संविधानसभालाई उपेक्षा गरेर संविधानसभा भन्दा बाहिर निर्णय गर्ने र त्यस्तो निर्णय संविधानसभामा लाद्ने जुन प्रवृत्ति छ, त्यस प्रति राप्रपा नेपालको गम्भीर आपत्ति प्रकट गर्दछ ।
यसै सन्दर्भमा नेपालको भावी संविधानमा समेटिनु पर्ने अन्तर्वस्तु सहितको फरक मत यसै साथ संलग्न गरेको छु । संविधानसभाको पुर्ण बैठकमा पेश गरि छलफलमा ल्याउन सहयोग गरि दिनु हुन अनुरोध गर्दछु ।
१. धर्मनिरपेक्षता :
संघीयता र गणतन्त्रका सम्बन्धमा राप्रपा नेपालको पूर्ण असहमति रहेको छ । त्यसर्थ, संविधानका तत्वसम्बन्धी विभिन्न प्रावधान तथा अन्तर्वस्तुमा समेत राप्रपा नेपालको स्वभाविक रुपले सहमति रहेको छैन । त्यसर्थ, ति बिषयसँग सम्बन्धित सबै प्रावधान र अन्तर्वस्तुहरु सहमति कायम हुन नसकेको बिषयका रुपमा संविधानसभामा प्रस्तुत गरि दिनु अनुरोध छ ।
२. सर्वधर्म सहअस्तित्व एवम् पुर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र
क नेपाल सर्वधर्म सहअस्तित्व एवम् पूर्ण धामिर्क स्वतन्त्रता सहितको सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र हुनेछ ।
ख धार्मिक आस्था, बिश्वास र मान्यताका आधारमा कुनै पनि प्रकारको भेदभाव, अन्याय र दुव्र्यवहार गरिने छैन ।
ग आ–आफ्नो धार्मिक मान्यता, परम्परा र रितिरिवाजको अबलम्बन र अभ्यास गर्ने स्वतन्त्रता रहनेछ । तर कसैले कसैको धर्म परिवर्तन गराउन पाउने छैन ।
३ राष्ट्रप्रमुख
क नेपालको धार्मिक सांस्कृतिक एवं राष्ट्रिय एकताको प्रतिकको रुपमा राजसंस्था रहनेछ ।
ख  संवैधानिक राष्ट्रप्रमुखको रुपमा राजसंस्था रहने व्यवस्था गरिनेछ ।
४ कार्यपालिका
 देशको कार्यकारिणी अधिकार प्रधानमन्त्री र मन्त्रीपरिषदमा नीहित रहनेछ ।
 जनताबाट प्रत्यक्ष बालिग मताधिकारको आधारमा प्रधानमन्त्री निर्वाचित हुनेछन् ।
 प्रधानमन्त्रीले आफ्नो अध्यक्षतामा मन्त्रीपरिषदको गठन गर्नेछन् ।
 संसदीय प्रजातन्त्रको प्रचलन अनुरुप प्रधानमन्त्री वा मन्त्रीलाई अविश्वासको प्रस्तावबाट हटाउन सकिनेछ ।
५ व्यवस्थापिका
व्यवस्थापिका देहाय बमोजिम दुई सदनात्मक हुनेछ ।
क जनप्रतिनिधि सभा
जनप्रतिनिधि सभामा दुई सय पैतिस सदस्यहरु हुनेछन् । प्रत्येक जिल्लाबाट कम्तिमा एक जनाको प्रतिनिधित्व हुने गरि पचहत्तर जना पहिलो स्थान पाउने विजयी हुने व्यवस्था र बाँकी एक सय साठी जना समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रत्यक्ष वालिग मताधिकारको आधारमा निर्वाचित हुने छन् । जनप्रतिनिधि सभाको कार्यकाल संविधान बमोजिम विघटन भएमा बाहेक पाँच वर्षको हुनेछ । जनप्रतिनिधि सभामा समावेशी सिद्धान्त अनुरुपको प्रतिनिधित्व हुने व्यवस्था हुनेछ ।
ख राष्ट्रिय सभा
राष्ट्रिय सभामा साठी जना सदस्यहरु हुनेछन् । राष्ट्रिय सभाका सदस्यहरु जनसंख्याको अनुपातमा विभिन्न जातिहरुको प्रतिनिधित्व हुने गरी समानुपातिक प्रतिनिधित्वको सिद्धान्त बमोजिम जनप्रतिनिधि सभाबाट निर्वाचित हुनेछन् । राष्ट्रिय सभाका सदस्यको कार्यकाल छ वर्षको हुनेछ तथा राष्ट्रिय सभालाई अविच्छिन्न संस्थाको रुपमा कायम गरिने छ । राष्ट्रिय सभाको पचास प्रतिशत सदस्यहरु महिला हुनेछन् ।
ग. दुवै सदनको अधिकार र कर्तव्य समान हुनेछ ।
६ न्यायपालिका
स्वतन्त्र न्यायपालिकाको विश्वव्यापी सिद्धान्त र मान्यता अनुरुप देहाय बमोजिमका तीन तहका अदालतहरु कायम गरिनेछन् :
क सर्वोच्च अदालत :
न्यायपालिकाको सर्वोच्च तहका रुपमा सर्वोच्च अदालत रहनेछ । सबै तहका अदालत र न्यायिक निकायहरु सर्वोच्च अदालतको मातहतमा रहनेछन् । सर्वोच्च अदालतलाई न्यायिक समिक्षा र संवैधानिक एवम् कानुनी प्रश्नहरुको निरुपणका अतिरिक्त बन्दी प्रत्यक्षीकरण, परमादेश, उत्प्रेषण, प्रतिषेध र अधिकारपृच्छा लागयतका आदेशहरु जारी गर्ने असाधारण अधिकार रहनेछ ।
ख पुनरावेदन अदालत
पुनरावेदन अदालतको कार्यक्षेत्र र अधिकार कानुनद्वारा निर्धारण गरिनेछ ।
ग स्थानीय अदालत
स्थानीय अदालतको कार्यक्षेत्र र अधिकार कानुनद्वारा निर्धारण गरिनेछ । स्थानीय अदालतमा महिला सम्वन्धि बिशेष वेन्चको व्यवस्था गरिनेछ ।
७ स्थानीय स्वायत्त शासन प्रणाली
राज्य पुनर्संचनाको क्रममा स्थानीय सरकारको अवधारणा अनुरुप स्थानीय स्वायत्त शासन प्रणाली कायम गरिने छ ।
८ संविधानको शंसोधन
संविधानको शंसोधन दुई तिहाई बहुमतबाट हुनेछ । जनताको सर्वोच्चतालाई आत्मसात गर्दै कुनै पनि बिषय अपरिवर्तनिय नरहने व्यवस्था गरिने छ ।
 संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई नयाँ बिषयहरु वारे समेत प्रस्ताव गर्ने अधिकार संविधानसभा नियमावलीले दिएको हुँदा धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र बारे अन्तिम टुंगो लगाउनु पुर्व जनताको प्रत्यक्ष अभिमत लिन राष्ट्रिय जनमत संग्रह गर्ने बिषयलाई यस समितिमा प्राप्त नयाँ बिषयका रुपमा संविधानसभाको पूर्ण बैठकमा पेश गरि दिनु हुन पनि अनुरोध गर्दछु ।
कमल थापा
सदस्य, संवैधानिक राजीतिक संवाद तथा सहमति समिति
तथा संसदीय दलको नेता
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment