English Edition

ताप्लेजुङ पहिरोमा ५३ को मृत्यु (अपडेट)


तस्बिर : प्रेम गुरागाईको फेसबुकबाट ।
ताप्लेजुङ / ताप्लेजुङको भीषड पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको छ । १२ जना गम्भीर घाइते भएका छन् भने अरु केही हराइरहेका छन् । बुधवार साँझदेखि परेको अविरल बर्षाले ताप्लेजुङको पश्चिमी क्षेत्रका केही गाविस पूर्ण रुपमा बगाएको छ ।
प्रहरीले भने पहिरोमा पुरिएर मृत्यु भएकाको सङ्ख्या २१ पुगेको पुष्टि गरेको छ । प्रमुख जिल्ला अधिकारी डम्बरु निरौलाले नयाँ पेजसँग कुरा गर्दै भने, ‘मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ भने ३७ बेपत्ता छन् ।’ राष्ट्रिय समाचार समितिले भने पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको उल्लेख गरेको छ ।
प्रहरीले ताप्लेजुङका थिङलावु, खोक्लिङ, लिवाङ, सान्थाक्रा र लिङतेप गाविस पहिरोको अधिक प्रभाव परेको बताएको छ । पहिरोका कारण लिवाङ गाविसमा सबैभन्दा धेरै मानवीय क्षति भएको छ ।
अहिलेसम्म ज्यान गुमाएका पाँच जनाको मात्र सनाखत भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लिङतेपका चमेली लिम्बू र मनमाया लिम्बु, लिवाङका देबेन्द्र लिवाङ, खोक्लिङका सविन मादेन र बसन्त बिकको सनाखत भएको हो ।
जिल्लाको पश्चिमी गाविस थिङलाबु–६ बाट अहिले सम्ममा १२ जनाको शव निकालिएको छ । नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासी पहिरोमा परेकाहरुको उद्धारमा सक्रिय छन् ।
विभिन्न गाविसका केही स्थानीय सम्पर्कमा नआएकाले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्ने प्रहरीले बताएको छ । खामलुङ गाविसका केही वडामा पनि पहिरो गएको छ । पानी परिरहेकाले खोल्सा तथा खोला बढेका कारण उद्धारमा समेत कठिनाई भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
थिङलाबुमा पुग्ने मौवाखोलाको पुलहरु बगाएपछि प्रहरी प्रशासनसमेत त्यस क्षेत्रमा अहिलेसम्म पुग्न नसकेको प्रहरीले बताएको छ । यस्तै म्याङखामा पहिरो जाँदा मेची राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् ।

यसरी बग्दैछ पहिरो


taplejung landslide5
taplejung landslide5
taplejung landslide2taplejung landslide9
नयाँपेजबाट
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment