English Edition

बिजनेशम्यान मन पर्छ, सक्किगो नि ! -भद्रगोलकी रक्षा

अघिसम्मकी ‘मोडल रक्षा श्रेष्ठ’ अहिले ‘भद्रगोलकी रक्षा’को नामले परिचित छन् । विगत डेढ वर्षदेखि हास्य टेलिशृंखला भद्रगोलमा आवद्ध भएपछि उनको परिचय फेरिएको हो । परिचय मात्र फेरिएको छैन, उनको चर्चा पनि चुलिएको छ । हुन त भद्रगोलमा आउनुअघि उनले दुई दजनभन्दा बढी विज्ञापनमा मोडलिङ गरिसकेका थिइन् भने केही म्युजिक भिडियो मा र र्‍याम मोडलिङमा पनि उनको जादु चलेको थियो  । अहिले उनी ठूलो पर्दाका चलचित्रमा पनि अभियन गर्न थालेकी छन् ।   
Rakchaya1
भद्रगोलमा कसरी इन्ट्री मारियो ?
भद्रगोल टिमले नियमित रुपमा काम गने महिला कलाकारको खोजी गरिरहेको रहेछ । त्यसबीच सिटी सेन्टरमा भएको एउटा कार्यक्रममा प्रस्ताव आयो, कन्सेप्ट राम्रो लाग्यो र इन्ट्री मारियो ।
सन्तुष्ट हुनुहुन्छ ?
सुरुमा त अप्ठेरो लाग्यो । सोच्दै नसोचिएको काम थालियो कि भन्ने लाग्यो । तर मेरो निर्णय सही छ भन्ने मनमा विश्वास थियो । आज त्यही भद्रगोलको भूमिकाले मलाई चिनायो ।
मोडलिङबाट भन्दा भद्रगोलबाट बढी चिनाएको मान्नुहुन्छ ?
मान्छु । भद्रगोललाई युवा जमातदेखि गाउँ शहरका सबैले रुचाउनुभएको छ । त्यसैले मलाई रक्षा भनेर पनि भद्रगोलले नै बढी चिनायो । भद्रगोल लोकप्रिय हुनुको कारण ? धेरै थेगो बोलिने भएकोले र ग्रामिण भेगमा हुने सत्य घटनामा आधारित भएकाले होला ।
मोडलिङमा रमाउने एउटी आधुनिक केटी टिपिकल गाउँले भूमिकामा देखिन गाह्रो भएन ?
कलाकारले सबै खालको भूमिका गनुपर्छ । त्यसैले त्यस्तो गाह्रो भएन । सुरु सुरुमा साथीभाइहरू हाँस्थे, गिज्याउँथे । मैलै कहिल्यै पनि कुर्ता सलवरसम्म नलगाएको धोती र टिपिकल पहिरनहरूले गर्दा सबै साथीभाइहरूको हाँसोको पात्र बनेको थिएँ । तर अहिले सबैले मोडलभन्दा पनि भद्रगोलको रक्षा भनेर चिन्दछन् बाटोमा जिस्काउँदा पनि जिग्रीको जस्तै नक्कल पारी पारी रक्षाभन्दा रमाइलो लाग्छ । अहिले भद्रगोलकै कारणले थुप्रै चलचित्रहरू मा पनि अफर आइरहेको छ ।
यस्ता कार्यक्रममा थोरै महिला पात्र मात्र टिक्टन् । तर तपाइँ निरन्तर हुनुहुन्छ । राम्रो पैसा पाएर हो कि ?
होइन । राम्रो टिम भएकोले र काम गर्ने वातावरण राम्रो भएकाले हो । पैसा त कहिले पाइन्छ, कहिले पाइँदैन । तर सन्तुष्टि लिने बाटो छ ।
तपाइँको कामप्रति परिवारजनले के भन्नुहुन्छ?
सबै खुशी हुनुहुन्छ । मेरो बुबाको धेरै सपोर्ट छ । अहिले त भद्रगोल बन्द भइरहेको छ नि किन ? यसका विभित्र कारणहरू छन । मलाई खासै केही थाहा छैन । तर यो हप्ताबाट सुचारु हुन्छ भन्ने सुनेको छु ।
कुन कुन चलचित्रमा काम गर्दै हुनुहुन्छ ?
पाँचभन्दा बढी चलचित्रहरूमा अफर आएको छ । अहिले एउटा रोमान्टिक चलचित्रमा काम गर्ने योजना बनाएको छु । नाम चाहिं अहिले खुलाउन मिल्दैन ।
किन ?
पहिले काम नै पूरा गरौं अनि
तपाइँ चैं कत्तिको रोमान्टिक हुनुहुन्छ ?
छु । रोमान्स र रमाइलो गर्दा नै काम गर्न जोस जागर पलाउँछ ।
जीवनमा जिग्री जस्तै माया गने जीवन साथी पाइयोस् भन्ने लाग्छ कि ?
लाग्दैन । बदमास फटाह जति भने पनि नलाग्ने फटाहासँग कसले जीवन बिताउन सक्छ ।
त्यस्तै केटा तपाइँको जीवनमा आयो भने ?
सायद नआउला । आयो भने बानी परिसक्यो । सक्किगो नि ।
तपाइँ कस्तो केटा चाहनुहुन्छ ? 
बिजनेशम्यान, जो मेरो कामलाई बुझ्ने र सम्मान गर्ने होस्, सहयोगी होस् । पैसा र माया गर्ने जीवनसाथी भयो भने जीवन सहज हुन्छ
दृष्टि साप्ताहिकबाट
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment