English Edition

८ प्रदेश सहितको सहमतिमा हस्तक्षार हुुँदै


three party meeting
काठमाडौं : ८ प्रदेशसहितको१३ बुँदे लिखित सहमतिमा आजै हस्ताक्षर हुुने भएको छ । साँझ सबा ६ बजे सुरु भएको बैठकमा पहिलो चरणमा चार शीर्ष नेताहरुबीच भएको सम्झौताको खाकामा दोस्रो तहका नेताहरुलाई पनि राखेर छलफल गरीन्दैछ । तेश्रो तहका नेताहरुले सम्झौताको अन्तिम खाकालाई अन्तिम टुुंगो दिनेछन् ।
मधेसी र जनजाति दलहरुको तिव्र विरोधका बीच प्रमुख चार दलले नामांकन र सीमांकन विनाको ८ प्रदेशमा सहमति गर्ने तयारी गरेका हुन् ।नामांकनको जिम्मा प्रदेशसभालाई र सिमांकनका लागि एउटा स्वतन्त्र संघीय आयोग बनाउने गरी आठ प्रदेशमा जान दलहरु सोमबार बिहानको छलफलमा सहमत भइसकेका छन्। बेलुकाको बैठकले सहमतिलाई अन्तिम रुप दिने छ। आजै लिखित सहमतिमा हस्ताक्षर गरेर घोषणा गर्ने दलहरुको तयारी छ।
सहमतिको मस्यौदा तयारीका लागि दलहरुबीच दिनभर आन्तरिक छलफल र अनौपचारिक परामर्श भएको छ।संविधानसभाको आज बोलाइएको बैठक पनि स्थगित गरेर भोलि सारिएको छ। सहमति विषयलाई भोलि बस्ने संविधानसभाको बैठकमा प्रवेश गराएर छोटो बाटो ९फास्ट ट्रयाक० बाट संविधान बनाउने योजनामा दलहरु छन्।
एमाले बरिष्ठ नेता झलनाथ खनालले प्रमुख दलबीच संविधानका विवादित विषयमा आजै सहमति हुने दाबी बताए । प्रधानमन्त्री निवास बालुवाटारमा जारी दलीय बैठकबाट हावा खान बाहिर निस्किएका खनालले सञ्चारकर्मीलाई आजै सहमती हुने बताए ।
बालुवाटार बैठकमा प्रधानमन्त्री सुशील कोइराला,एमाले अध्यक्ष केपी ओली,एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) तथा मधेसी मोर्चाका नेता विजयकुमार गच्छदारलगायत मुख्य दलका वरिष्ठ नेताहरुको सहभागितामा छ।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment