English Edition

चुनाब त हार्नु भयो नैतिकता पनि गुम्ला नी ! -वसन्त पौडेल

आम प्रवासी नेपाली समुदायमा बहसको विषय बनेको गैह्र आवासीय नेपालीहरुको साझा संस्था NRNA को बारेमा भएका टिका टिप्पणीहरू हेर्दा छर्लंग हुन्छ की हाम्रो नेपाली समाज कति टुक्रा टुक्रामा विभाजित भएर रहेको छ । एउटै कित्ताका साथीहरू पनि यहाँ पदको लागि आफ्नैको विरोधमा उत्रिएका देखिन्छन्।
विगतको निर्वाचन प्रकृयालाई हेर्दा केही कमी कमज़ोरी नभएका होलान भन्न सकिन्न तर त्यसको समाधान वर्तमान निर्वाचित कार्यसमिति विघटन भने हुन सक्दैन। आफ्नो कार्य दिशा निश्चित गरेर अगाडी बढिरहेको सिंगो साझा संस्थालाई सानातिना विवादमा अल्झाएर निष्क्रिय बनाउने कुचेष्टा  कदापि हुनुहुन्न। यस्तो क्रियाकलापमा सहभागी हुनेहरू आम नेपाली समुदायको हितमा काम गर्ने मानिसहरु होइनन् । र उनीहरू जस्ता प्रवृति भएकाहरूलाई यस्ता संस्थामा स्थान दिनु पनि हुदैन।

 हाम्रो सरोकारको विषय के हो भने वर्तमान कार्यसमिति निर्वाचित कार्यसमिति हो | सो संस्थाको तत्कालिन बिधान र प्रचलित नियम अनुसार बिधिवत् रुपमा घोषणा भएको कुरामा दुई मत छैन | त्रुटि थियो भने निर्वाचन प्रक्रियामा थियो वर्तमान कार्यसमितिमा होईन । आफ्ना कार्यक्रम सार्वजनिक गरिसकेको वर्तमान कार्यसमितिलाई सुझाब, सल्लाह र मार्गनिर्देशनको खाँचों हुनसक्छ । NRNA को नेतृत्व सम्हाल्न खोज्नेहरूको हर्कत देख्दा लाग्छ उहाँहरूको त्यो हैसियत नै रहेनछ। पत्रकार सम्मेलन समेत गरेर आफ्नै निर्वाचित संस्थाको विरोध गर्ने कुचेष्टा राख्नेहरूले आफ्नो साझा संस्थाको हीतमा काम गर्नुहुन्छ भन्ने कसरी विश्वाश गर्नसकिन्छ ?

 समस्या भए समाधान खोज्नु पर्छ न की समस्यालाई झन् ठुलो बनाउने होईन। प्रजातान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्ने, सामाजिक भावना भएको व्यक्तिले नै NRNA को नेतृत्व गर्नसक्छ भन्ने हाम्रो मान्यता रहिआएको छ। अमेरिकामा रहेका सबै नेपालीको चाहना पनि यहि हो |

गत शनिवार बाल्टिमोरमा सम्पन्न टाउन हल मिटिंगमा समुदायको उपस्थिति र नवनिर्वाचित समितिको उत्साह देख्दा सम्पूर्ण प्रवासीहरूलाई ख़ुशी लाग्नु स्वभाविक हो। राम्रो काम गर्न खोज्नेको खुट्टा तान्ने नेपाली राजनीतिक परम्पराको अन्त्य गरौं र निर्वाचित कार्यसमितिलाई स्वीकार गर्नसक्ने हैसियत राखौं। पराजय स्वीकार गर्न नसक्ने गलत परम्पराको विकास नगरौं ।

यदि विशुद्द समाजसेवामा लाग्नु भएको हो भने पद मात्रै ठुलो कुरा होइन | चुनाब नजिते पनि तपाईहरुले सम्मानित मत पाउनु भएको छ | वर्तमान कार्यसमितिले तपाईहरुलाई सम्बोधन गर्नैपर्छ | तपाईहरु नेता बनिसक्नु भएको छ | तर कच्चा बन्ने की पक्का नेता? तपाईकै हातमा छ | समय कुर्न जान्नु पर्छ | एउटा माघले जाडो जादैन ! चुनाब त हार्नु भयो नैतिकता पनि गुम्ला नी !

 मैले मत दिएपनि नदिएपनि डा. केशव पौडेलको कार्यसमितिलाई मेरो समर्थन छ | यसरी जित्नेले काम नै गर्न नपाउने परम्परा बसाल्ने हो भने हाम्रो वर्तमान त छैन छैन, भविष्य पनि हुने छैन | डा. केशव पौडेलको नेतृत्वको कार्यसमितिको सफलताको शुभकामना !!!
   लेखक अमेरिकाको भर्जिनिया राज्यमा बस्नुहुन्छ |
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment