English Edition

संविधानमा सबैका सतप्रतिशत कुरा अट्दैनन् - नेम्वाङ


बुधबार दिउँसो नेपाल आदिवासी जनजाति महासङ्घको प्रतिनिधिमण्डलको ध्यानाकर्षणपत्र बुझेपछि अध्यक्ष नेम्वाङले आफ्नो कुरा सतप्रतिसत अटाउनुपर्छ भन्ने कुराले सहमति नहुने बताए । उनले जनजातिहरुलाई भने, सबिधानमा कसैको पनि सतप्रतिसत कुरा अट्दैन, अधिकतम् सहमतिको आधारमा उपलब्धी संस्थागत गर्न सबिधान चाडो जारी गर्नुपर्छ  ।
जनजाति महासघंको टोली गत जेठ २५ मा चार प्रमुख दलबीच भएको १६ बुदे सहमतिबारे ज्ञापन पत्र बुझाउन सिंहदरबारस्थित नेम्बाङको कार्यकक्ष पुगेका थिए ।
महासङ्घका अध्यक्ष नगेन्द्रकुमार कुमालले सातबुँदे ध्यानाकर्षणपत्र बुझाउँदै विगतको राज्य पुनःसंरचनासम्बन्धी आयोगको प्रतिवेदन र विगतमा आफूहरुसँग भएका सम्झौताका आधारमा नामाङ्कनसहितको सङ्घीयता संविधानमा उल्लेख हुनुपर्ने बताए । जनजातिहरुको थातथलोलाई टुक्र्याउन नहुने उनको जोड छ ।
उनले अघिल्लो संविधानसभामा करिब सहमति भइसकेका विषयमा विवाद बल्झाइएका कारण संविधान नबनी संविधानसभा विघटन भएको सन्दर्भमा यो सभालाई त्यस्तो हुन नदिन आग्रह गरे । संविधानसभाको मस्यौदा समितिले काम गरिरहेको अवस्थामा ती ध्यानाकर्षणलाई समितिमा लैजाने व्यवस्था गर्ने विश्वास दिलाए।
संविधान सबै दल र जाति, भाषाको सहमतिको दस्तावेज हुनुपर्ने भएकाले मस्यौदा आएपछि प्रक्रिया छोट्याएर त्यसलाई जनताको बीचमा अनिवार्य लगिने पनि अवगत गराए । उनले संविधानसभाको प्रचलित नियम, मूल्य, मान्यतालाई आत्मसात् गरेर मात्र संविधान जारी हुने पनि बताए ।
रासस
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment