English Edition

सगरमाथा नै सार्ने कत्रो ठूलो भूकम्प !

भूकम्पअघि र पछिको सगरमाथाको फोटो : NASA Earth Observatory
भूकम्पअघि र पछिको स्याटेलाइटबाट लिइएको सगरमाथाको फोटो : NASA Earth Observatory

वैशाख १२ गतेको गोरखा भूकम्पले सगरमाथा सरेको र होचो भएको समाचार आयो। युरोपको सेन्टिनेल- १ ए राडार स्याटेलाइटको चित्रलाई आधार मानेर काठमाडौँको अग्लिएको समाचार लाइभसाइन्समा आयो। त्यसैमा जिओसाइन्स रिसर्च कन्सोर्टियम UNAVCO ले भनेको भन्दै सगरमाथाको उचाइ करिब एक इञ्च (२.५ सेमी) होचिएको भनियो।
ला…सगरमाथा नै होचो भएछ है भन्यौ हामी, चुप बस्यौँ। 
फेरि आज चीनको नेसनल एडमिनिस्ट्रेसन अफ सर्भेइङ, म्यापिङ एन्ड जियोइन्फरमेसनले सगरमाथा सर्‍या मात्रै हो उचाइमा त केही पनि असर परेको छैन भन्यो। 
अनि हामी ‘ए हो? ठीकै छ’ भन्यौँ, चुपै बस्नुबाहेक अर्को विकल्प छैन। किनभने सरकारले अहिलेसम्म यसबारे केही बताउन सकेको छैन। हामीसँग केही उपकरण पनि छैन सगरमाथामा। अनि कसरी हो कि होइन भन्ने? भरे फेरि अर्कोले हैन होचो नै हो भन्यो पनि सुन्ने र बस्ने बाहेक विकल्प छैन। 
त्यसो त नापी विभागले सामान भएको ठाउँमा नापेर हेरेको भने छ है। गत वैशाख २३ गते विज्ञप्ति जारी गर्दै भूकम्पपछि यी ठाउँको अवस्थिति सरेको र उचाइ बढेको पुष्टि गरेको थियो-
नगरकोट १.८२ मिटर दक्षिणपश्चिम सरेको र उचाइ १.१५८४ मिटरले बढेको
फुल्चोकी ०.९२ मिटर दक्षिणपश्चिम सरेको र उचाइ ०.६३ मिटरले बढेको
बुङ्मती ०.९९ मिटर दक्षिण सरेको र उचाइ ०.७७ मिटरले बढेको
स्वयम्भु १.६४ मिटर दक्षिणपश्चिम सरेको र उचाइ ०.९८ मिटरले बढेको
नुवाकोटको कुमरी १.७१ मिटर दक्षिण पश्चिम सरेको र उचाइ र १.०९३ मिटर बढेको
सगरमाथामा चाहिँ चीनले सामान राखेको भएर चीनको एजेन्सीले भनेको कुरा पत्याउँ। सगरमाथामा चीनले किन राख्या त भनेर राष्ट्रवादी रगत नउमाल्नु होला। सगरमाथा नेपाल चीनको सीमामा पर्छ। सगरमाथा नेपालमा पर्छ भनेर हामी जति गर्व गर्छौँ, चीनमा पर्छ भनी चिनियाँहरु पनि उत्तिकै गर्व गर्छन्। चिनियाहरुका केही लोकप्रिय गीतहरु छन् (राष्ट्रिय गीत जस्तो) जसमा यस्ता शब्दहरु छन् “हाम्रो महान राष्ट्र, जहाँ चोमोलुङमा, विश्वको सर्वोच्च शिखर छ…”आदि इत्यादि। यसबारे माइसंसारमा पहिले नै बहस भइसकेको छ। सगरमाथाको चुचुरो चाहिँ नेपाली भूभागमा पर्छ भन्ने कुरालाई भने चीनले पनि मान्दै आएको हो। 
त्यही चीनको नेसनल एडमिनिस्ट्रेसन अफ सर्भेइङ, म्यापिङ एन्ड जियोइन्फरमेसनले भनेको रहेछ : तिब्बेतियन प्लेट र युरेसियन प्लेटले एकअर्कालाई धकेलिरहेका कारण सगरमाथा भूकम्पअघि पनि सरिरहेकै थियो। विगत १० वर्षमा सगरमाथा प्रति वर्ष ४ सेमीको दरले ४० सेमी सरिसकेको छ। तर सर्ने दिशा उत्तरपूर्व थियो। भूकम्पले भने सगरमाथा दक्षिणपश्चिम दिशातर्फ तीन सेमी सरेको छ।
अब हामी माथि नापी विभागले दिएको तथ्याङ्क पनि हेरौँ त्यहाँ पनि दक्षिणपश्चिम नै सरेको छ धेरै ठाउँहरु। 
चिनियाँ एजेन्सीले वैशाख १२ को गोरखा भूकम्पभन्दा नजिकै केन्द्रबिन्दु रहेको वैशाख २९ गतेको दोलखा/सिन्धुपाल्चोक केन्द्र रहेको ७.३ मोमेन्ट म्याग्निच्युडको भूकम्पले भने सगरमाथामा कुनै असर नपरेको बताएको छ। माइसंसार डटकमले समाचार छापेको छ |

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment