English Edition

सिद्बबाबामा ढुंगा खसेर जीप पुरियो, चिकित्सक दम्पतीको मृत्यु (तस्वीर र भिडियोसहित)

सिद्बबाबामा ढुंगा खसेर जीप पुरियो, २ चिकित्सक दम्पतीको मृत्यु (तस्वीर र भिडियोसहित)
बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–पाल्पा सडक खण्डमा पर्ने माथिल्लो सिद्वबाबा नजिकै माथिबाट खसेको ढुंगाले च्यापेर २ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार मृत्यु हुनेमा पाल्पा प्रवासको लुम्बिनी मेडिकल कलेजका प्रोफेसर यसोदा कोचर र उनका श्रीमान तरुनदीप कोचरको मृत्यु भएको हो । यसोदा आँखा र तरुनदीप प्रसुति विशेषज्ञ हुन् । कलेजकै डा जर्नल निकरानी र तेरिक देवकोटा घाइते भएका छन् ।
बुधबार दिउसो साढे चार बजेतिर खसेको ठूलो ढुंगाले लुम्बिनी मेडिकल कलेजको पीकअप जीप थिचेको हो ।
पाल्पातिरबाट बुटवल तर्फ आउदै लु १ ज २७० नम्वरको जिपमाथि ढुगा खसेर जिपमा सवार २ जनाको ज्यान गएको हो । पहिरोमा पुरिएर घाइते भएका दुइ जनाका अहिले सिटी अस्पताल बुटवलमा उपचार भै रहेको छ ।
 तस्विर  भिडियो : सी पी खनाल  / समाचार स्रोत: लुम्बिनी टाईम्स

44
sid1
sid5
sidd
sidd3
siddha

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment