English Edition

प्रचण्डविना राजनीतिको पात हल्लँदैन, बाबुराममा पपुलर हुने रोग छ -किशोर नेपाल

      बाबुराममा पपुलर हुने रोग छ


बाबुरामजीलाई म तेत्तीस–चौंतीस सालदेखि चिन्दछु । साथीका रुपमा उनीप्रति जहिले पनि मेरो सम्मान छ । मेरो पुस्ताको जागरुक र गतिशील व्यक्ति हुन् उनी । उनी जनयुद्धमा लागेपछि मेरो सम्पर्क हुन सकेन । उनी दिल्लीमा अर्धभूमिगत रहेका बेला नेपाल साप्ताहिकको सम्पादकको हैसियतले म उनको अन्तर्वार्ता लिन दिल्ली पुगेको थिएँ । दोस्रो जनआन्दोलनको सफलतापछि भने सम्पर्क निरन्तर छ ।


 उनका राजनीतिक विचार र विश्लेषणसँग म खासै प्रभावित छैन । किनभने, उनमा वैचारिक निरन्तरता छैन । कम पढेलेखेका र फेसबुक जनरेसनका बीच उनी लोकप्रिय छन् । राजनीतिमा त्यो कुनै मापदण्ड होइन । उनीसँग तातो–चिसो सम्बन्ध छ मेरो । एक–अर्काप्रति आकर्षण पनि छ र विकर्षण पनि । पछिल्लो समयमा उनी बढी नै सत्ताकेन्द्रित देखिएका छन् । काठमाडौंको एलिट वृत्तका लागि सुहाउने र मन पर्ने । हिसिलाजीसँगको प्रेम र विवाह यसको कारण हो । उनको निर्वाचन क्षेत्र गोर्खा भए पनि राजनीतिक प्रभावको क्षेत्र काठमाडौं नै हो । 



दोस्रो आन्दोलनको सफलतापछि बाबुरामजीले राज्यको रुपान्तरणको कुरा निकै उठाए । त्यतिबेला उनको कुरा निकै चित्त बुझेको थियो मलाई । नेपाली राज्यको रुपान्तरण देश विकासको पहिलो सर्त थियो । देशको सार्वभौम शक्ति जनताको हातमा आएको थियो । नेपाली राज्यको पूर्ण रुपान्तरणको अवसर थियो त्यो । बाबुरामले साँच्चै चाहेका भए रुपान्तरणको प्रक्रिया अघि बढ्दथ्यो । तर, बाबुराम सामान्य राजनीतिक व्यक्ति थिए । समकालीन राजनीतिका विभिन्न पात्रहरुको जस्तै उनको रुचि शासनमा थियो । शासन र सत्ता आफनो हातमा आएपछि सबै ठीक हुन्छ भन्ने उनको मानसिकता स्पष्ट देखियो । उनका बारे मलाई मन नपर्ने यही कुरा हो । उनका चपाउने र देखाउने दाँत छन् । कुरा जनताको गर्छन्, आफूलाई कम्युनिस्ट भन्छन् र काम पुँजीवादको गर्छन् । महेन्द्र जयन्तीका दिन महेन्द्रको तारिफ, बीपी जयन्तीका दिन बीपीको प्रशंसा र गणेशमान सिंहको जयन्तीका दिन उहाँका त्यागको सम्झना– यी कुरामा अचेल रेगुलर भएका छन बाबुरामजी । उनलाई तत्काल पपुलर हुने रोग लागेको छ ।



 ऋषिकेश शाहले बाबुरामलाई दिल्ली चिनाएको कुरा किम्बदन्ती होइन ।



 अहिले मानिसहरु खुलेआम बाबुरामलाई दिल्ली विचारको प्रतिनिधित्व गर्ने 



प्रमुख मानिस मान्दछन् । त्यो हो–होइन, उनै जानून् । 



अर्को कुरा, उनी एन्टीकांग्रेस हुन्, एन्टीकांग्रेस नभई कम्युनिस्ट हुन सकिँदैन भन्ने महेन्द्रकालीन चिन्तन बोकेका मान्छे । उनको राजनीतिक विकास नै एन्टीकांग्रेसबाट भएको हो । 



निर्दलीय, निरंकुश पञ्चायतकालीन समयमा कांग्रेस निरन्तर युद्धमा थियो । कांग्रेस देशबाहिर थियो । कांग्रेसको नामोनिसान मेटाऔं भन्ने त राजा महेन्द्रको अभियान नै थियो । जनयुद्धकालीन नेपालमा जसरी माओवादी आतंकारी थिए, त्योभन्दा चर्को रुपमा कांग्रेस अराष्ट्रिय तत्व थियो । बाबुरामलगायत नेपालका अधिकांश कम्युनिस्टहरु कांग्रेसलाई भारतपरस्त पार्टी भन्थे । ऋषिकेश शाहले बाबुरामलाई दिल्ली चिनाएको कुरा किम्बदन्ती होइन । अहिले मानिसहरु खुलेआम बाबुरामलाई दिल्ली विचारको प्रतिनिधित्व गर्ने प्रमुख मानिस मान्दछन् । त्यो हो–होइन, उनै जानून् । हालै मैले उनको एउटा इन्टरभ्यु पढें । भनेका थिए– कांग्रेसलाई बाहिर राखेर राष्ट्रिय सरकार हुँदैन । त्यो उनको मनको कुरा होइन । कांग्रेसलाई बाहिर राखेर राष्ट्रिय सरकार बन्दैन भन्ने त बच्चा–बच्चालाई थाहा छ । यसमा के नयाँ कुरा भयो ? त्यस्तो हुँदैनथियो, त्यसकारण उनले हुँदैन भनिदिए । उनको वास्तविक चाहना त वामपन्थीहरुको सरकार बनोस् भन्ने हो । कांग्रेसलाई बाहिर राखेर पनि राष्ट्रिय सरकार बन्न सक्ने हिसाबको खेलमा उनी लागेका छन् भन्ने सबैलाई थाहा छ । अघि मैले बताएँ, राज्यको रुपान्तरणको कुरा । यसका लागि कांग्रेस र माओवादीबीच समझदारी र सहकार्यको आवश्यकता थियो । वामपन्थी–वामपन्थीबीचको समझदारीले केही पनि उत्पादन गर्दैन । यो कुरा मिडियाले नउठाएको होइन । तर, माओवादीले ध्यान दिएन । अघि मैले बताएँ, राज्यको रुपान्तरणको कुरा । यसका लागि कांग्रेस र माओवादीबीच समझदारी र सहकार्यको आवश्यकता थियो । वामपन्थी–वामपन्थीबीचको समझदारीले केही पनि उत्पादन गर्दैन । यो कुरा मिडियाले नउठाएको होइन । तर, माओवादीले ध्यान दिएन । 



  मान्छेले बाबुरामजीलाई दूरदर्शी भन्छन् । पीएचडी गरेका नेता कांग्रेसमा रामशरण महत, यता बाबुराम भट्टराई; दुबै अर्थमन्त्री भए । उनीहरुबीच मान्छेले तुलना पनि गर्न खोज्छन् । म चाहिँ तुलना गर्दिनँ । महतजीका आफ्नै गुणहरु छन्, बाबुरामजीका आफ्नै । बाबुरामजी पार्टी, देशभन्दा पनि आफू सत्तामा गएर परिवर्तन गर्न सक्छु भन्नेमा बढी विश्वास गर्नुहुन्छ । माओवादीहरुले थेगो बनाएका थिए ‘धरातलीय यथार्थ’ शब्दलाई । नेपाली राजनीतिको धरातलीय यथार्थ भनेको काठमाडौं र यसको वरिपरि जति पनि एलिटहरु छन्, तिनीहरुको सहयोग लियो अनि फेसबुक, ट्वीटरमा छायो भने, प्रचारसंयन्त्रमा चर्चित भयो भने सत्ता आफ्नो हातमा लिन सकिन्छ भन्ने एउटा दिव्यदृष्टिबोध छ बाबुराममा । यो सधैं नहुन सक्छ । मैले बाबुरामजीका यस्ता समर्थक देखेको छु, जो हिजो ‘रोयल हाउस’ मा काम गर्थे, सेनामा काम गर्थे । अहिले पनि यो देशको अर्थतन्त्र आफ्नो हातमा लिएर बसेका साहुजी र एलिटहरुको समर्थन उनलाई छ । यस्तो इन्ट्याक्ट समर्थन सुशील कोइराला, प्रचण्ड, गिरिजाप्रसाद कोइराला सबैले एक हदसम्म पाएहोलान् । तर, बाबुरामले जति चाहिँ कसैले पनि पाउन सकेको छैन । एउटा कुरा त के हो भने काठमाडौं उनको ससुराली हो । फेसबुक, ट्वीटरमा छायो भने, प्रचारसंयन्त्रमा चर्चित भयो भने सत्ता आफ्नो हातमा लिन सकिन्छ भन्ने एउटा दिव्यदृष्टिबोध छ बाबुराममा । यो सधैं नहुन सक्छ । यहाँका मान्छेहरु ज्वाइँलाई धेरै मान्छन् । त्यसले पनि उनलाई धेरै पुल्पुल्याएको छ । आफूले जे काम गरेको छ, त्योभन्दा बढी उचालेर भन्न सक्ने संयन्त्र उहाँले बनाउनु भएको छ । मैले उहाँको आलोचना गरेको पनि होइन, प्रशंसा गरेको पनि होइन । मैले सत्यलाई मात्र राखेको हो । उहाँ अनुहारले ‘फेयर एन्ड लभ्ली’ हुनुहुन्छ, त्यसमा शंका छैन; पोलिटिकल्ली कति ‘फेयर’ हुनुहुन्छ– मलाई थाहा छैन । 



राजनीतिमा उनले जतिसुकै फुर्ती लगाए पनि उहाँ पहिलो संविधानसभाको अन्तिम असफल प्रधानमन्त्री हो । उनले संविधान दिन नसकेकै हो, उनले दलहरुलाई मिलाउन नसकेकै हो; यसमा ‘यदि, तर, किन्तु र परन्तु…’ जस्ता शब्द लगाउनुको कुनै अर्थ छैन ।  त्यसैबाट के थाहा हुन्छ भने राष्ट्रिय सरकार उनको बसको कुरा होइन । भूकम्प गएर नेपाल ध्वस्त भएको छ, आर्थिक रुपले धेरै पछाडि परेको छ अनि अब चाहिँ बाबुरामले सहमति गर्न सक्ने भन्ने हुँदैन । ‘पोलिटीकल रियालिटीहरु’ त उही नै छन् नि, तिनलाई त भुइँचालोले पुरेको छैन । जसले चाहिँ आफ्नै पार्टी र अध्यक्षलाई अप्ठ्यारो पर्नेगरी जस्केलामा हालेर उम्केर हिँड्यो, जसले चुनाव गराउन अराजनीतिक सरकार बनायो र जसको परिणाम आफैंले भोग्नुपर्यो– त्यस्तो मान्छेलाई तपाईं के भन्नुहुन्छ ? मलाई भारतले यसो भन्यो, भारतका कम्युनिस्ट पार्टीहरुले यसो भने, जवाहरलाल नेहरु विश्वविद्यालयका विद्वानहरुले यसो भने भनेर पन्छिन मिल्छ ? संसारमा राष्ट्रिय वा केन्द्रीय तहमा पुगेको नेता आफ्नो क्षेत्रमा मात्रै केन्द्रित भएको कहीं पनि छैन । संसारमै नहुने कुरा हो यो । नेता भनेको त्यस्तो हुन्छ, जसले गएर गारो लाउने होइन, गारो लाउन मान्छेलाई प्रेरित गर्ने हो । अहिले भूकम्पकै बेला पनि उनले आफ्नो निर्वाचन क्षेत्रलाई मात्रै सक्रियताको केन्द्र, राहत–पुनर्निर्माणको केन्द्रविन्दु बनाए । संसारमा राष्ट्रिय वा केन्द्रीय तहमा पुगेको नेता आफ्नो क्षेत्रमा मात्रै केन्द्रित भएको कहीं पनि छैन । संसारमै नहुने कुरा हो यो । नेता भनेको त्यस्तो हुन्छ, जसले गएर गारो लाउने होइन, गारो लाउन मान्छेलाई प्रेरित गर्ने हो । या त हाम्रा नेताहरुमा प्रेरणा दिने शक्ति नै छैन, आ–आफना बीच गारो लगाउने मात्रै शक्ति रहेछ । गारो पनि आफैं लाइराख । आफूलाई सुरक्षित गर । बाबुरामको केसमा यही देखिएको छ । मलाई थाहा छ– मैले धेरै तीतो कुरा बोलें । तर, सत्य यही हो । 




नेपाली राजनीतिमा प्रचण्डबिना पात पनि हल्लदैन 


‘प्रचण्डको आफ्नै मान्छे’ भनेर म त पटक–पटक सामाजिक संस्था र नागरिक समाजका स्वयम्भू नेताहरुबाट लान्छित भएको, फेसबुकमा खेदिएको, टुइटरमा खेदिएको, पत्रकारितामा खेदिएको मान्छे हुँ । म मानवअधिकारको नाममा मूर्दा बेचेर हिँड्ने मान्छे होइन । प्रचण्डलाई राम्ररी थाहा छ– म माओवादी होइन; म उनको कार्यकर्ता होइन । अनि खेद्नेलाई पनि थाहा छ यो कुरा । तर पनि मलाई ‘सिम्बोल’ बनाएर मान्छेहरुले खेदिराखेका छन् ।   


 प्रचण्डजी कुरा बुझ्छन्, समय–परिस्थिति बुझ्छन् तर त्यसअनुसार  निर्णय गर्न सक्दैनन् । उनलाई खुइल्याउने प्रवृत्ति सुरु भयो गिरिजाबाबुले माधव नेपाल नेतृत्वको सरकार बनाएदेखि । रुक्मांगद कटवालले उनका विरुद्ध सेनाको स्रोत दुरुपयोग गरे । धेरैले उनको भुत्ला उखेल्ने काम पाए । 



तर मलाई वास्ता छैन । म एउटा पत्रकार हुँ । कुनै पनि पत्रकारको मुख्य आकांक्षा हुन्छ– सत्ताको शीर्ष तहमा रहेका व्यक्तिसँग नजिकको सम्बन्ध राख्नु र समाचार विश्लेषण गर्नु; व्यावसायिक रुपमा आफूलाई ‘फ्रेस’ राख्नु । मैले पनि त्यही गरेको हुँ । त्यो गर्दागर्दै पनि प्रचण्डसँग म आकर्षित चाहिँ छु । मैले सुरुमा प्रचण्डलाई भेट्दा देशमा बीपी कोइरालापछि भिजन भएको यही एउटा नेता हो भन्ने लागेको थियो । शान्ति प्रक्रिया सुरु भइसकेपछि उनी अर्धभूमिगत हुँदा मैले पोखरा गएर भेटेको थिएँ उनलाई । त्यतिबेला मैले उनलाई ‘बीपी कोइरालाले यस्तो भिजन राखेका थिए, तपाईंको त्यस्तो केही छ ?’ भनेर सोधेको थिएँ । उनले भनेका थिए– ‘बीपी कोइरालाको भिजन सही छ, म त्यसमा एउटा मात्रै थप्न चाहन्छु– त्यहाँ एउटा कम्प्युटर चाहिन्छ, एक लाइन टेलिफोन चाहिन्छ । यो बीपीको भिजनमा संशोधन गरेको होइन, समयको मागअनुसार प्लस गरेको हुुँ ।’ 



त्यसबेला मलाई लाग्यो, यो धेरै ठूलो मान्छे हो । गोदावरीमा राज्य पुनर्निर्माणसम्बन्धी एउटा सेमिनार गर्दाखेरि मैले यो कुरा सार्वजनिक रुपमा नै भनें– प्रचण्डजी कुरा बुझ्छन्, समय–परिस्थिति बुझ्छन् तर त्यसअनुसार  निर्णय गर्न सक्दैनन् । उनलाई खुइल्याउने प्रवृत्ति सुरु भयो गिरिजाबाबुले माधव नेपाल नेतृत्वको सरकार बनाएदेखि । रुक्मांगद कटवालले उनका विरुद्ध सेनाको स्रोत दुरुपयोग गरे । धेरैले उनको भुत्ला उखेल्ने काम पाए । 



प्रचण्डले जनयुद्धपछि आफूअनुकूल पोलिटिकल म्यानेजमेन्ट गरेर पार्टीलाई हाँक्न सकेनन् । उनले पार्टीभित्र झगडा मिलाउन सकेनन् । घिसिर–घिसिर तरिकाले बाबुराम मिलाउने, वैद्य मिलाउने, बादल मिलाउने गर्दागर्दै उनको जीवनको ऊर्जाशील समय सकियो । जे बचेको थियो, त्यो घरेलु र आर्थिक विवादमा थिचियो । उनका धेरै चर्चा सुनिन्छन् । सुमार्गीसँगको सम्बन्ध, लाइफस्टाइल, बेलाबेलामा रिसोर्टतिर जाने शोख । यी कुरा सत्य हुन् कि होइनन्, मलाई थाहा छैन । प्रधानमन्त्री भइसकेपछि एक लाखको खाटमा बालुवाटारमा सुत्यो भन्ने कुरा आयो । एक लाखको खाटमा सामान्य मानिस पनि सुत्छ, प्रधानमन्त्री किन नसुतोस् ? एक लाखभन्दा घटीमा राम्रो खाट नै पाइँदैन । एउटा सामान्य मान्छेले त पचास–साठी हजारको खाट किन्नुपर्ने महँगी  छ । 



पार्टीभित्र र बाहिरका प्रचण्डका विरोधीहरुले उहाँका विरुद्ध एउटा सिस्टमेटिक प्रचार–संयन्त्र तयार पारे; त्यसमा बाबुरामजी पनि लागे, अरु तत्वहरु पनि लागे । प्रचण्डको विरुद्धमा तीन–तेह्र कतैको सम्बन्ध नभएका एकै हुन सक्छन्, एउटै आवाज निस्कन्छ दुवैतिरबाट । भाषा फरक होला । काउन्टर भ्युज दिन माओवादीभित्र कुनै संयन्त्र नै छैन । प्रचण्डको कुनै संयन्त्र मैले देखेको छैन । हामीले १२ वर्षे जनयुद्धको व्यवस्थापन प्रचण्डले नै गरेको भन्ने सुनेका थियौं । एउटा डरलाग्दो श्याम–श्वेत तस्बिर छापिन्थ्यो साप्ताहिक छापाहरुमा, हामी त्यसैलाई प्रचण्ड भन्ठान्थ्यौं । प्रचण्ड यति राम्रा रहेछन्, उनको र मेरो जुँगा मिल्दो रहेछ भन्ने त पछि गएर थाहा पाएको हो मैले ।



 प्रचण्डले पछिल्लो समय खेलेको भूमिका उनको कमजोरी होइन, उनको दायित्व हो । पार्टी अध्यक्ष भइसकेपछि एउटा ठूलो पार्टी चलाउनुपर्यो । त्यो पार्टी गिरिजाप्रसादले पनि चलाएका थिए, केपीले पनि चलाइरहेका छन्, यो सबैले भोग्नुपर्ने समस्या हो । चुनाव हारे पनि पार्टीको आकार घट्दैन, त्यसमा ठूलो अतिरिक्त कुरो छैन । अतिरिक्त कुरोचाहिँ के हो भने प्रचण्डलाई फोसिल बनाउने हिसाबले प्रचार–संयन्त्रहरु तयार भए । जस्तोः प्रचण्डले भाग नदिएका कुरामा झगडा गरेर मोहन वैद्य र बाबुराम बाहिरिए भन्ने हामीले सुनेका थियौं, एकताका । प्रचण्डले जति दिनुपथ्र्यो, त्यति पैसा दिएनन् भन्ने सुन्यौं ।



 प्रचण्डले सुमार्गीसँग मिलेर ठूलो उद्योग खोलेका र माओवादीको पैसा त्यसमा लागेको छ भनेर अहिलेसम्म प्रचार भैराखेको छ । त्यसको कतैबाट पुष्टि पनि भएको छैन र खण्डन पनि भएको छैन । सुमार्गी प्रचण्डसँग र प्रचण्ड सुमार्गीसँग मिल्नुनहुने के कुरा छ र ? कुनै न कुनै नेताहरुको कुनै न कुनै व्यापारीसँग त सम्बन्ध छ नि । प्रचण्डले यो मान्छेलाई मात्रै प्राथमिकता दिन्छ भन्ने एलिट समूहलाई पर्यो । यसलाई नसिध्याएसम्म समाजवादी आन्दोलन र कम्युनिस्ट आन्दोलन सकिँदैन, प्रचण्ड नसकिएसम्म संघीयता पनि सकिँदैन भनेर नै उनलाई बदनाम गरियो ।  गिरिजाप्रसाद त कालकवलित भइहाले, उनलाई ढुटो बनाउनै परेन । सुशील कोइरालासहित अरु नेताहरुको ताल देखिहालियो । प्रतीकात्मक रुपले प्रचण्ड एउटा परिवर्तनको नाम भइदियो तर प्रचण्डले नामअनुसारको काम गरेनन्  । त्यत्रो जनयुद्ध लडेर आएको मान्छेले बादल र बाबुरामले उचाले भन्दैमा सत्ता छाड्नुपर्ने, प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने आवश्यकता थिएन । नेपालमा त्यतिखेर भारतले पनि कु गर्न सक्दैनथ्यो, नेपाल आर्मीको त कुरै छाडिदिनोस्; आफ्नै राजाको डिफेन्स नगर्ने आर्मीले प्रचण्डका विरुद्ध कु किन गर्छ ? सत्ता छाड्नु उनको हतारको निर्णय थियो । 



प्रचण्डको चुनाव प्रचारको तरिका नै मलाई उल्टो लाग्यो । सडक किनारमा जम्मा भएको भीडले पिटेको ताली खाएर भोट जम्मा हुन्छ ? उनले कसैको कुरा सुनेनन् । संविधानसभाको पहिलो चुनावमा मैले माओवादी ठूलो पार्टी भएर सत्तामा आउँछ भनेको थिएँ । दोस्रो चुनावमा मैले केही बोलिनँ । मलाई धेरैले सोधेका थिए, मलाई थाहा थियो– यी डुब्दैछन् भन्ने । प्रचण्डलाई उनकै पार्टीले गाउँ छिर्न दिएन, उनी पनि गएनन् । चुनाव पछिको २–३ महिना त पराजयले इन्तु न चिन्तु भए–  भुइँचालोले आत्तिएर होस हराएका मान्छेजस्ता ।  उनको होस हराएकै हो किनभने उनले नसोचेको कुरा भएको थियो । खिलराज सरकारले के गर्यो भन्ने कुरा घटनाहरुको मनिटरिङ गर्दै हिँडने यत्रा विद्वान बाबुरामलाई थाहा थिएन ? 



  चुनाव हारेपछि प्रचण्डजीलाई मैले भनें– तपाईंहरु चुनाव हारें भनेर चिन्ता गरेर नबस्नोस् । तपाईंजस्तो मान्छेले तूफान ल्याउन सक्नुपर्छ, जसरी इन्दिरा गान्धीले ल्याएकी थिइन् । तपाईं चुनाव हारेको पश्चात्ताप गरेर चिउँडोमा हात राखेर बस्ने बेला होइन । तपाईं जहाँ–जहाँ हार्नुभएको छ, त्यहाँ जानोस्, जनतालाई भोट दिएकामा धन्यवाद भन्नोस्, मैले गरेका गल्तीहरु के–के हुन् भनेर सोध्नोस् । जहाँ जित्नुभएको छ, त्यहाँ जानोस् र भन्नोस्– तपाईंले मलाई विश्वास गर्नुभयो, त्यसका लागि धन्यवाद । तपाईं मेची–महाकालीका दसवटा जिल्ला मात्र पुग्नुभयो भने पनि तपाईंको अहिलेको समीकरण आफैं थलिन्छ, आफैं कमजोर हुन्छ ।



 प्रचण्डले मेरो कुरा सुन्नुभएन । दसथरीले नानाभाँती जे–जे कुरा गरे पनि प्रचण्ड नै शक्तिको केन्द्रमा छन् । मैले लेख्ने गरेको छु– यहाँ दुईवटा मात्रै पोलिटिकल इलेमेन्ट छन्– एउटा कांग्रेस र अर्को माओवादी । अहिले पनि प्रचण्डको यति धेरै विरोध किन भइरा’छ भने यतिबेला पनि पावरसेन्टर त उनै हुन् । उनले नभनीकन राजनीतिमा पात पनि हल्लिँदैन । माओवादी पार्टी अल्पमतमा छ तर ऊविना पात पनि हल्लिँदैन । म पटक–पटक भन्दै छु– माओवादी पार्टी विचौलिया राजनीतिबाट बच्नुपर्छ । नेपाली कांग्रेस र माओवादीहरु दुई धु्र्रवमा छन् । यी दुईबीचको सम्बन्धले मात्र राज्यको रुपान्तरण हुन्छ |



 (खबरडबलीका आरपी सापकोटा र सुदीप विश्वकर्माले पत्रकार किशोर नेपालसंग गरेको कुराकानीमा आधारित )
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment