बागलुङ सेवा समाज अमेरिकाले नेपालमा गएको महाभुकम्पमा परि मृत्यु हुनेहरुको चिर शान्तिको कामना गर्दै घाइतेहरुमा सिघ्र स्वास्थ्यको कामना गरेको छ।
साथै देशमा परेको महाबिपत्तीमा थोरै भए पनि महलम लगाउने उद्देश्यले आर्थिक राहत संकलन अभियान शुरू गरिएको सो समाजले जनाएको छ । अभियानबाट करिब चौतीस हजार डलर अर्थात् झन्डै ३४ लाख नेपाली रुपैया रकम संकलन गरिएको छ। उक्त रकमले नुवाकोट सिमरी ९ मा १११ परिवारका करिब ८०० जनालाई त्रिपाल तथा खाद्यान्न, दोलखामा १४ त्रिपाल काभ्रेमा ८ गोदावरीमा २ त्रिपाल बितरण गरिएको थियो। बाँकी रकम मध्ये बागलुङ जिल्लामा प्रत्येक मृतकका परिवारलाई २० हजारको दरले र पर्वत पाङ र धाईरिङका दुई एकल तथा बिपन्न महिला परिवारलाई २०/२० हजारको दरले हस्तान्तरण गरिएको छ।
घरबार बिहीन न्युन आय भएका बिपन्न भुकम्प पिडीत एकल महिला न्युन आर्थिक अवस्था भएका सामुदायिक बिधालयहरुलाई प्राथमिकता दिई बितरण गर्ने गरि बागलुङ सेवा समाज अमेरिकाका सल्लाहकार गौरीश्वर शर्माद्वारा दैबिक प्रकोप तथा राहात उद्दार समितीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडयाललाई २० लाख बराबरको कर्कत पाता हस्तानतरण गरिएको छ। सबैको ऊत्साह ,सहयोग र प्रेरणाले आज उक्त सहयोग नेपाली माटो र नेपाली आमाप्रति गर्न सकिएको संस्थाले जनाएको छ | बागलुङमा जन्म भई हाल अमेरिकामा बिभिन्न पेशा र ब्यबसाय अगालेका व्यक्तिहरुले यो संस्था हालै शुरु गरेका हुन् | संस्थाले गरेको उक्त कामको सबैले प्रशंसा गरेका छन् |



0 comments :
Post a Comment