English Edition

१६ बुँदे सहमति शक्तिकेन्द्रलाई झड्का : प्रचण्ड

 काठमाडौं, एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गतसाता भएको १६ बुँदे सहमति 
Published At: ३० जेठ २०७२ 
Prachanda 1
 ार्टीहरुले आफ्नै खुट्टामा उभिएर गरेकाले त्यसले ‘हामीबिना नेपालमा केही हुनै सक्दैन भन्ने शक्तिकेन्द्रहरुलाई झड्का दिएको’ विश्लेषण गरेका छन् । पार्टी मुख्यालय पेरिसडाँडा, कोटेश्वरमा शनिबार बसेको केन्द्रीय समितिको बैठकमा उक्त विश्लेषण गर्दै अध्यक्ष प्रचण्डले शक्तिकेन्द्रहरुको संलग्नताविनै १६ बुँदे सहमति भएकले त्यसको कार्यान्वयनमा गम्भीर अवरोधहरु खडा हुन सक्ने बताए । 

बैठकमा सहभागी १ नेताले अध्यक्ष प्रचण्डलाई उद्धृत गर्दै खबरडबलीसँग भने– ‘सहमतिको सरकार बन्न नदिन अहिलेको कोइराला सरकारलाई नै निरन्तरता दिने खेल सुरु भइसकेको छ, त्यसले संविधान पनि बन्न नदिने स्थिति सिर्जना गर्न सक्छ ।’ १६ बुँदे सहमतिले संविधान बन्ने वातारवण बनाएको ब्रिफिङ गर्दै प्रचण्डले त्यसलाई बिगार्ने खतरा रहेको हुँदा अबको एक महिना पार्टीको पूरै शक्ति सहमति कार्यान्वयनका निम्ति लागिपर्नुपर्ने उल्लेख गरे ।

 अध्यक्ष प्रचण्डले एमाओवादीले आफ्ना एजेन्डा नछाडेको बताउँदै १६ बुँदेबारे समग्र पार्टीपंक्ति र आम जनतामा स्पष्ट पार्न जनतामाझ जान नेताहरुलाई निर्देशन दिए । संघीयतामा सीमांकन अहिल्यै हुनुपर्ने अडान राख्दा प्राप्त अहिले भएका उपलब्धिहरु समेत गुम्ने र पार्टीहरु नै नरहनेसम्मको अवस्था आउने खतरा देखिएकाले सम्झौता गरेर जानुपरेको बिफ्रिङ गर्दै प्रचण्डले भूकम्पपछि सेना, प्रहरी जनतामाझ पुगेको तर तिनको तुलनामा पार्टीहरु पुग्न नसकेकाले आफूलाई संकट पर्दा आउने त यिनै मात्र रहेछन्, पार्टीहरु किन चाहियो भन्ने बुझाइ जनतामा बढ्न सक्ने खतरा बढेकाले पनि आफूहरु यथासम्भव छिटो सहमतिमा पुग्नुपरेको विश्लेषण उनले सुनाए । 

१६ बुँदेपछि मधेशको ‘सेन्टिमेन्ट’ भड्कन सक्नेतर्फ नेतृत्वको बैठकमा सहभागी नेताहरुले शीर्ष नेतृत्वको ध्यानाकर्षण गराएका छन् । त्यसैले अहिलेको सहमतिबारे मधेशका जनतालाई स्पष्ट पार्न शीर्ष नेताहरु नै अभियानकै रुपमा मधेशमा जानुपर्ने प्रस्ताव नेताहरुले राखेका छन् । बैठकमा बोल्ने नेताहरुले राज्य र स्थानीय चुनावमा समानुपातिकको स्थिति के हुने भन्नेबारे सहमतिमा केही उल्लेख नभएकोबारे शीर्ष नेताहरुसँग प्रश्न गरे ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment