English Edition

सरकारको बिशेष दूतमा शेष घले नियुक्त

काठमाडौं : नेपाली आवासीय महासंघ (एनआरएनए)का अध्यक्ष शेष घलेलाई सरकारले विशेष दूूत नियुुक्त्त गरेको छ । आइतबार प्रधानमन्त्री निवाश बालुुवाटारमा बसेको बैठकले पुननिर्माण कोषमा अन्तराष्ट्रिय सहयोग जुुटाउन अध्यक्ष घलेलाई दूतमा नियुुक्त्त गरेको हो ।
sesh ghale
घलेले यसअघि पनि अभियान चलाएर भूूकम्प पीडितहरुलाई सहयोग गदै आएका छन् । एनआरएनएका अध्यक्ष घलले पुुन निर्माण कोषमा सहयोग जुुटाउन विदेशमा रहेका नेपाली, सहयोगदाता र सरकारबीचको काममा पुुलको काम गर्नछन् ।
घले मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) अस्ट्रेलियाका संस्थापक र हाल प्रमुख कार्यकारी अधिकृत हुन् । जहाँ यस संस्थाका सहायक संस्थापक उनकी श्रीमती जमुना गुरुङ निर्देशक छिन् । यी दम्पतिले यो संस्था सन् १९९६ मा स्थापना गरेका हुन् । घले अष्ट्रेलियाका ९९औं धनी ब्यक्ति हुन् । गतबर्ष १ सय ५०औं स्थानमा रहेका घले यसबर्ष ५१औं स्थान माथि उक्लन्दै यस सुचिमा आइपुगेका हुन् ।
स्थापना कालदेखि यता यो संस्था अष्ट्रेलियाको स्नातक र स्नातकोत्तर तहमा व्यापार र सूचना प्रविधि विषयको डिग्री दिने एक प्रतिष्ठित निजी शैक्षिक संस्था बन्न पुगेको छ । एक वर्षमा तीन हजार देशी विदेशी विद्यार्थीहरूले डिग्री लिने यस इन्स्टिच्युटले सुयोग्य र सक्षम जनशक्ति निर्माण गरिरहेको अनलाइनहरूले समीक्षा गरेका छन् ।
एमआइटी सञ्चालनको पहिलो वर्षदेखि नै नाफामा गएको थियो । यद्यपि घले यसको नियन्त्रिण र निर्धारित वृद्धिमा विश्वास गर्दछन् । उनले आफ्नो संस्थाको दिगो र दरिलोपनाको लागि तथा बजारको विश्वसनीयताको लागि विभिन्न विश्वविद्यालयसँग साझेदारी गरेका छन् ।
अहिले एमआइटीले साझेदार विश्वविद्यालयको तर्फबाट आफैले विभिन्न मुख्य कोर्सहरू विकास गरिरहेको छ । यसले साझेदार विश्वविद्यालयमा बढी भर पर्नुपर्ने अवस्थालाई पनि घटाइरहेको छ । एमआइटीमा ३० प्रतिशत मात्र घरेलु विद्यार्थी पढ्छन्, अरु सबै विदेशी । घले छोटो मध्य अवधिमा घरेलु विद्यार्थीको संख्या ५० प्रतिशत पु¥याउन लागि परेका छन् ।
शेष घलेको जन्म लमजुङमा सम्बत् २०१४ सालमा भएको थियो । उनले प्रारम्भिक शिक्षा गाउँमा नै हासिल गरे भने पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट स्नातक पूरा गरेका थिए । पछि उनले नेपाल सरकारको छात्रवृत्तिबाट तत्कालीन सोभियत संघमा पढ्ने अवसर पाए । उनले त्यहाँ सिभिल इन्जिनियरमा स्नातकोत्तर गरे । पढाई सकेर घले नेपाल फर्किए, र नेपाल सरकार यातायात विभाग अन्तर्गत राजमार्ग परियोजनामा इन्जिनियरको रुपमा काम गरे ।
जब उनी सन् १९९० मा थप पढाईको लागि अस्ट्रेलिया गए, त्यहाँ उनले १९९४ मा भिक्टोरिया विश्वविद्यालयबाट व्यापार प्रशासन (एमबीए) मा अर्को स्नातकोत्तर मात्र पूरा गरेनन्; संयोगवश एमआइटीको स्थापना गरे । लगत्तै एक साल पछि १९९७ मा उनले अस्ट्रेलियाको नागरिकता पाए; उनी त्यहीका नागरिक बने । उनले नेपालको कन्सुलरको रुपमा भिक्टोरियामा त्यही सालदेखि ३ वर्षसम्म काम गरे ।
शेष घले अहिले सक्रिय रुपमा मेलवर्नको व्यापार र व्यावसायिक जीवनमा लागिपरेका छन् भने शैक्षिक उन्नतिसँग प्रतिवद्ध छन् । रियल स्टेटमा पनि उनी जमेका घलेले नेपालको बिभिन्न क्षेत्रमा सहयोग गदै आएका छन् । साभार : नयाँ पेज 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment