English Edition

दीक्षितले ल्याए ९४% सामुदायिककी छात्रा भावनाले ल्याइन् ९३.८७

काठमाडौं, असार ४ - मध्य बानेश्वरस्थित भ्याली भ्यू इङ्लिस स्कुलका दीक्षित पौडेलले एसएलसीमा ९४ प्रतिशत अंक ल्याएका छन् ।
शुक्रबार सार्वजनिक भएकाे एसएलसी नतिजामा १५ वर्षीय दीक्षितले ९४ प्रतिशत अंक ल्याएका छन् । २०५७ साल वैशाख २१ गते जन्मिएका दीक्षित चार कक्षादेखि भ्याली भ्यूमा अध्ययनरत थिए । त्यसअघि लिटिल एन्जल्समा थिए ।
दीक्षितले पारिवारिक वातावरणले आफूलाई शैक्षिक सफलता हात परेको प्रतिक्रिया दिए । ‘बुवा र ममीले मेरो शिक्षामा ज्यादै ख्याल गर्नुभयो,’ उनले ईकान्तिपुरसित भने, ‘विद्यालयका वातावरणले थप ऊर्जा मिल्यो ।’
दीक्षितले मुटूरोग विशेषज्ञ चिकित्सक बन्ने योजना सुनाए ।
दीक्षितका बाबु कृष्णप्रसाद पौडेल त्रि–चन्द्र क्याम्पसका प्राध्यापक हुन् ।
बाबु कृष्णप्रसादले गुरु र अभिभावकको ट्रयाकमा हिंडेकाले छोराले सफलता पाएको बताए ।
विद्यालयका प्रिन्सिपल ध्रुव पोखरेलले ७० जना सहभागी भएकोमा ६४ जनाले डिस्टिङ्सन र बाँकी ६ जना विद्यार्थीले फस्ट डिभिजनमा पास भएको बताए ।
अघिल्लो वर्षको एसएलसीमा भने अक्सिडेन्टल पब्लिक स्कुल, अनामनगरकी दृष्टि गिरी र रिलायन्स एकेडेमी, कपनका संजोग कार्कीले समान ९४ दशमलव १२ प्रतिशत अंक पाएका थिए ।
दीक्षितले पाएको अंक
अंग्रेजी– ९५
नेपाली– ८६
गणित– ९८
विज्ञान– ९८
सामाजिक शिक्षा– ८३
स्वास्थ्य, जनसंख्या तथा वातावरण– ९३
अतिरिक्त गणित– ९९
कम्प्युटर विज्ञान– १००
जम्मा– ७५२


सामुदायिककी छात्रा भावनाले ल्याइन् ९३.८७

- अमृता अनमोल

बुटवल– रुपन्देहीको सामुदायिक विद्यालयकी एक छात्राले एसएलसीमा ९३ दशमलब ८७ प्रतिशत अंक ल्याएकी छन् ।
शान्ति नमुना उच्चमावि मणिग्रामकी छात्रा भावना अर्यालले ९३ दशमलब ८७ प्रतिशत अंक ल्याएकी हुन् । उनी जिल्लामा प्रथम र सम्भवत सामुदायिक विद्यालयबाट देशमै प्रथम बनेकी छिन् ।
उनले कक्षा ६ सम्म न्यु इन्भारामेन्ट बोर्डिड. स्कूलमा पढेकी थिइन् । कक्षा ७ बाट उक्त सामुदायिक विद्यालयमा आएपनि उनी अंग्रेजी माध्यममा पढेकी थिइन् ।
भावनासँगै शान्ति नमूनाबाट अर्का २ छात्राले पनि उत्कृष्ट अंक ल्याएका छन् । जसमा विपना कुँवर र संस्कृति भट्टराईले ९२ प्रतिशत ल्याएका हुन् ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment