English Edition

एनआरएन अमेरिका संगठन बिस्तारमा


अमेरिका । गैर आवाशीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाको कन्फरेन्स कल बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । जुलाई ०२,२०१५  मा संघका अध्यक्ष डा. केशव पौडेलको अध्यक्षतामा बसेको कन्फ्रेन्स कल बैठकले वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेलको संयोजकत्वमा वनाइएको च्याप्टरको गाइडलाइन पास गरी तुरून्तै च्याप्टरलाई काम गर्ने वातावरण सृजना गर्ने निर्णय भएको छ ।    
         
त्यस्तै उक्त वैठकले  विगत लामों समय देखि Health and Welfare Task Force अन्तर्गत काम गरी रहनु भएका डा. संजीव सापकोटा ज्युलाई वहाँको कार्यकालको उच्च मूल्यांकन गर्दै पुनः वहाँ लाई नै Health and Welfare Task Force को संयोजकको जिम्मा दिई उक्त Task Force लाई संचालनमा ल्याउन जिम्मा दिने निर्णय गरेको जानकारी दिएको छ ।  

त्यसरी नै उक्त बैठकले  सदस्यता खुल्ला गर्ने सम्बन्धमा आगामी १५ दिन भित्रमा क्षेत्रीय उपाध्यक्षहरुबाट आवश्यक सल्लाह लिई पेस गरिने मस्यौदा अर्को वैठकमा विस्तृत छलफल गरी पारित गर्ने निर्णय गरेको एनआरएनले बताएको छ ।          
                                         
बैठकले अमेरिकामा गैर आवाशीय आन्दोलनलाई थप मजबुत र प्रभावकारी बनाउन चाँडो भन्दा चाँडो अगुवा समाजसेवी र बिद्धत वर्ग रहेको सल्लाहकार समिति गठन गर्ने निर्णय गरेको छ । यसका अतिरिक्त अमेरिकामा रहेका नेपाली समुदायको हितमा काम गर्न भिन्न भिन्न उद्धेश्य रहेको कार्यदल गठन प्रक्रिया समेत सुरु गरेको छ ।

मातृभूमि नेपालमा गएको प्रलयकारी भुकम्प लगत्तै संघको तर्फबाट अति प्रभावित क्षेत्रमा गरिएको राहत वितरण र स्वास्थ्य परिक्षण अभियानको समिक्षा गर्दै मातृभूमि पुनर्निर्माणको अभियानमा अन्तराष्ट्रिय समन्वय परिषद मार्फत नेपाल सरकारसंग हातेमालो गर्ने निर्णय गरेको छ ।

मातृभूमि नेपालमा गएको प्रलयकारी भुकम्पबाट प्रभावित नेपाली अमेरिकनको हितमा संचालित टेम्प्रोररी प्रोटेक्टेड स्टाटस (टिपीएस) हस्ताक्षर अभियानमा सहयोग  पुर्याउने संघ संस्थालाई  धन्यवाद ज्ञापन गर्दै यसको पक्षमा जनमत निर्माण र कार्वान्वयनका लागि निरन्तर क्रियाशील रहने निर्णय गरेको एनआरएन एनसिसि युएसएका मिडिया कोर्डिनेटर सर्बज्ञ वाग्लेले द नेपाल टुडेलाई बताए ।                                            

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment