पोखरा, २५ असार , भाद्र १, २ र ३ गते प्रदर्शन गरिने शुक्रबार एक पत्रकार सम्मेलनको आयोजना गरी पोखरामा “कीर्तिपुर ः द लिजेन्ट अफ कीर्तिलक्ष्मी” चलचित्रको प्रोमो सार्वजनिक गरियो । यो चलचित्रको पोखरामा यही भाद्र १, २ र ३ गते च्यारिटी शो हुने भएको छ । गुरु चेला, द करियर प्वाइन्ट, महेन्द्रपुल, पोखराको आयोजनामा हुने सो शोबाट उठेको रकम कास्कीमा भुकम्पबाट मृत्यु भएका परिवारका आश्रीत बालबालिकाहरुको शिक्षामा सहयोग गर्ने कार्यक्रम संयोजक सुवास मल्लले बताए । पत्रकार सम्मेलनमा चलचित्रका निर्देशक प्रदीप खड्की, निर्माता अनन्त कुमार श्रेष्ठ, कला निर्देशक के. के. मानन्धर र भिएच एफ सुपरभाइजर सन्तोष केसीले बोलेका थिए ।
तत्कालिन गोरखाया राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको दौरान अठारौं शताब्दीको पूर्वाधमा कीर्तिपुरमा गरेको आक्रमण विषयबस्तुमा ऐतिहासिक नेपाली चलचित्र “कीर्तिपुर” द लिजेन्ट अफ कीर्तिलक्ष्मी निर्माण भएको छ । फोकस पिक्चर्सको व्यानरमा निर्माण भएको ऐतिहासिक चलचित्र युवा निर्देशक प्रदीप खड्गीले निर्देशन गर्नु भएको हो । साहित्यकार बासु पासाद्वारा लिखित भैरवसिंह नामक उपन्यासमा यो चलचित्र आधारित छ । ऐतिहासिक चलचित्रमा महत्पूर्ण पक्षको रुपमा लिइने कला निर्देशनको पक्षलाई केके मानन्धरले गर्नुभएको छ । विगत ५ वर्ष देखिको अध्ययन र सम्बन्धित व्यक्तित्वस“गको समन्वयमा चलचित्र बनाइएको हो । यसमा शताब्दी पुरानै जीवनशैली, भौतिक संरचना तथा परिवेश सन्तुलित गरिएको छ । हुनपनि पछिल्लो समयमा उत्कृष्ट ऐतिहासिक चलचित्र निर्माण गर्न भिज्यूअल इफेक्ट अनिवार्य प्राःय छ । तत्कालिन अवस्थाको पुरानै शैली चलचित्रमा प्रस्तुत गर्ने काम विदेशी अंग्रेजी चलचित्रमा आवद्ध भएर काम गर्दै आउनुभएका भीएफएक्स सुपरभाइजर सन्तोष केसीले गर्नुभएको छ ।
चलचित्रको मूख्य भूमिकामा हिसिला महर्जन, यशराज गराच, मदनदास श्रेष्ठ, सुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सूरवीर पण्डित, विनेश श्रेष्ठ लगायतले आ–आफ्नो कलाकारिता प्रस्तुत गरेका छन् । चलचित्रमा विरेन्द्र ताम्राकार कार्यकारी निर्माता, प्रेम खड्गी तथा अनन्त श्रेष्ठ निर्माता हुन् । त्यस्तै, शंकर महर्जन र नविन जोशीले क्यामेरा चलाउनु भएको छ । करिव आधा करोडको लागतमा निर्माण गरिएको ऐतिहासिक चलचित्र कीर्तिपुर द लिजेन्ड अफ कीर्तिलक्ष्मीको छायांकन काठमाडौं, भक्तपुर, नुवाकोट तथा गोरखामा गरिएको हो । नोट ः कीर्तिपुर द लिजेन्ड अफ कीर्तिलक्ष्मीको प्रोमो हे र्न निम्न लिङ्क प्रयोग गर्न ।
२०७१, चैत १६
नेपाली ऐतिहासिक चलचित्र “कीर्तिपुर” द लिजेन्ड अफ कीर्तिलक्ष्मीको सेन्सर सम्बन्धिको समस्या सम्बोधन भएको छ । विगत ४ महिना देखि विभिन्न बहानामा सेन्सर गर्न आनाकानी गरेको सञ्चार मन्त्रालय अन्तर्गतको केन्द्रीय चलचित्र जाँच समितिले चलचित्र प्रदर्शनीको लागि युनिभर्सल अनुमती प्रमाण पत्र उपलब्ध गराए पछि कीर्तिपुरको सेन्सर समस्या टरेको हो । मंसिरको पहिलो साता चलचित्र विकास बोर्डको हलमा कीर्तिपुरलाई सेन्सरको लागि सञ्चार, संस्कृति र गृह मन्त्रालयका प्रतिनिधि तथा कलाकारमाझ प्रदर्शन गरिएको थियो । विकास बोर्डको हलमा देखाइएकै बखत प्रदर्शनी अनुमती प्रमाण पत्र दिनु पर्नेमा ४ महिना पश्चात सोही चलचित्रलाई पुनः चैतको दोस्रो साता देखाइए पछि मात्र प्रदर्शनी अनुमती दिइएको छ । सेन्सर पास गराउन बोर्डका सम्बन्धित पदाधिकारीलाई एकै पटक देखाए पुग्नेमा कीर्तिपुरको सवालमा दुई पटक सम्म देखाउनु परेको छ । विशेषगरी गृह मन्त्रालयका सह–सचिव लक्ष्मी ढकाल, अन्य २ जना उप–सचिव, सञ्चारका सह–सचिव तथा तत्कालिन सेन्सर बोर्डका अध्यक्ष कविराज खनाल, संस्कृति मन्त्रालयका प्रतिनिधि सम्मिलितको टोलीलाई पुनः चलचित्र देखाए पछि सिमित सम्वाद संशोधन पश्चात चलचित्र प्रदर्शन गर्न भनिएको छ । देशको पछिल्लो तरल राजनीतिक घटनाक्रम र शाह वंश केन्द्रीत गरेर निर्माण भएको चलचित्र भएर पनि सेन्सर पासमा ढिलाई भएको बताइएको छ । सेन्सर पासको लागि लामो अवधि सम्म कुर्नु परेको तथा हैरानी व्यहोर्नु परेको चलचित्र सम्भवतः कीर्तिपुर नै भएकोमा स्वयं सम्बन्धित कर्मचारीले स्वीकारेका छन् ।
“कीर्तिपुरलाई सेन्सर बोर्डबाट छुटाउन गरिएको निर्माण टोलीको अथक प्रयास अन्ततः सार्थक भयो ।” चलचित्रका निर्देशक प्रदीप खड्गीको भनाइ छ । पटक पटकको फलो अफ अनि सिंहदरबारको कम्तीमा १४ पटकको ओहोरो दोहोरो पश्चात चलचित्रलाई सेन्सर पास गराउन सफल भएको निर्देशक खड्गीले बताउनुभयो ।
“चलचित्र सेन्सर गराउन सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजाल समेतको गुहार माग्नुप¥यो ।” कला निर्देशक केके मानन्धरले गुनासो पोखे । स्वभाविक सहज ढंगले सकिनुपर्ने नियमित काममा सम्बन्धित पक्षले आनाकानी गर्नु जायज नभएको कला निर्देशक मानन्धरको भनाई छ । अठारौं शताब्दीको पुर्वाद्धमा तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले कीर्तिपुर आक्रमण गरिएको विषयमा चलचित्र निर्माण गरिएको छ ।
स्व. बासुपासाद्वारा रचित “भैरवसिंह” नामक ऐतिहासिक उपन्यासमा आधारित चलचित्र “कीर्तिपुर” द लिजेन्ड अफ कीर्तिलक्ष्मीलाई तथ्यसंगत बनाउन लिखित प्रमाणहरु चलचित्रको शुरु मै प्रस्तुत गरिएको छ । कालखण्डमा प्रकाशन भएका देशी विदेशी लेखकका ऐतिहासिक दस्ताबेजसहितको पुस्तकलाई समेत चलचित्रको आधार बनाइएको छ ।
चलचित्रमा पटकथा प्रदीप खड्गी तथा केके मानन्धरले संयुक्त रुपमा गरेका छन् भने हिसिला महर्जन, मणिराज लवट, यशराज गराच, सुशील राजोपाध्याय, लक्ष्मी गिरी, मदनदास श्रेष्ठ, सुरवीर पंडित, अन्जला नकर्र्मी, मञ्जु श्रेष्ठ, विनोद श्रेष्ठ, संजय शर्मा लगायतका कलाकारहरुको मूख्य भूमिका रहेको छ । फोकस पिक्चर्सको व्यानरमा निर्माण गरिएको ९० प्रतिशत एनिमेशन भएको चलचित्रमा भी.एफ.एक्स, एनिमेशन पक्ष सन्तोष के.सीले गरेका छन् । हरिशरण साय्मिको संगीत रहेको चलचित्र “कीर्तिपुर” द लिजेन्ड अफ कीर्तिलक्ष्मीका कार्यकारी निर्माता विरेन्द्र ताम्रकार हुन् भने निर्माता क्रमशः प्रेम खड्गी तथा अनन्त श्रेष्ठ हुन् । चलचित्रमा उदय श्रेष्ठले द्वन्द्व निर्देशन गर्नुभएको छ भने अमृत मरहट्ठा तथा दीपसन परियारले श्रृङ्गार पक्ष हेर्नुभएको छ । चलचित्रमा शंकर महर्जन तथा नवीन जोशीले क्यामरा चलाउनुभएको छ ।
नोट ः कीर्तिपुर द लिजेन्ड अफ कीर्तिलक्ष्मी सम्बन्धिको विगतका सामग्री समेत संलग्न छ ।
र यूट्यूबमा चलचित्र सम्बन्धिको प्रोमो हेर्न निम्न लिङ्क प्रयोग गर्न ।
अन्य आवश्यक सहयोगी विषयवस्तुहरु र चलचित्रको केही देश्य समेटिएको तस्विर सँगै उल्लेख गरिएको छ ।
विस्तृत जानकारीका लागि
सुवास मल्ल ः कार्यक्रम संयोजक, ९८५६०२१९७१


0 comments :
Post a Comment