पोखरा विश्वविद्यालय विज्ञान तथा प्रबिधि शंकायका डीनज्यू माथि अनेरास्वबियुका विद्यार्थिहरु द्वारा हातपात गरि शौचालयमा बन्दि बनाए पश्चात डीनज्यूले निज विद्यार्थिहरुलाई १५ दिनको लागि विश्वविद्यालयबाट निलम्बित गर्नु भएको साथै जिल्ला प्रहरी कार्यालय, कास्कीमा मिति २०७२-३-१४ गते किटानि जाहेरी पनि दिइसके पश्चात निज विद्यार्थिहरुको तर्फ बाट एमाले समर्थक बिभिन्न ब्यक्ति तथा संगठनहरु बाट कारवाही फिर्ता लिनको लागी विज्ञान तथा प्रबिधि शंकायका डीनज्यू तथा विश्वविद्यालयका अन्य पदाधिकारीहरुलाई दबाव तथा धम्किहरु बारम्बार आइरहेका छन्। निज विद्यार्थिहरुको तर्फबाट अखिल जिल्ला कमिटिका प्रतिनिधिहरु आएर मिति २०७२-३-१७ गते परीक्षा नियन्त्रण कार्यालय बाहेक विश्वविद्यालयका सबै निकायहरुमा ताला बन्दि गरेका थिए।
पोखरा विश्वविद्यालयमा लगाइएका तालाहरुलाई स्थानिय प्रशासनको सहयोगमा मिति २०७२-३-२० मा फोड्ने कार्य भयो। त्यही दिन दिउसो एमाले कास्कीका बर्तमान अध्यक्ष, पूर्व अध्यक्ष, नगर ईन्चार्ज लगायतका एमालेका अन्य प्रतिनिधिहरु विश्वविद्यालयमा आई विश्वविद्यालयका पदाधिकारीहरुलाई कारवाही फिर्ता लिनको लागि दबाव दिनुको साथै अन्यथा एमाले पार्टीको प्रतिष्ठाको बिषय भएकोले सिगों पार्टीनै विश्वविद्यालय पदाधिकारीहरु बिरुद्ध शसक्तरुपमा बिरोधमा उत्रिने चेतावनि पनि दिए।
मिति २०७२-३-२३ गते नेपाल सरकारका बर्तमान स्वास्थ्य मन्त्रीका स्वकिय सचिव हु भनेर बताउने श्री दिलिप न्यौपाने लगायतका मानिस आएर तत्काल कार्वाही फिर्ता लिनको लागि दबाव दिनुको साथै अन्यथा यो सिगों पार्टीको प्रतिस्ठा भएकोले शसक्तरुपमा बिरोधमा उत्रिने चेतावनि पनि दिए।
मिति २०७२-३-२४ गते बिहानै देखि विश्वविद्यालय पदाधिकारीहरुले चढ्ने गाडीहरु तोड-फोड गर्ने हल्ला पनि चलाएका थिए साथै दिलिप न्यौपानेको नेत्रित्वमा प्राज्ञिक कम्पलेक्सको बाहिर कोणसभा गरि दिउसो प्राज्ञिक कम्पलेक्स भित्र छिरि सबै निकायहरुका प्रशासन-लेखा कार्यालय लगायत अन्य कार्यालयहरु तथा पोखरा विश्वविद्यालय केन्द्रिय कार्यालयको प्रशासन पनि ताला-बन्दि गरेका छन्। मिति २०७२-३-२५ गते बिहानै देखि विश्वविद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थिहरु चढ्ने गाडीहरु पनि तोड-फोड गर्नुका साथै विश्वविद्यालय पदाधिकारीहरुलाई समेत भौतिक कार्वाही गर्ने चेतावनि लगायतका हल्लाहरु चलाएका छन् ।
पिडित डीनज्यूले जिल्ला प्रहरी कार्यालय, कास्कीमा मिति २०७२-३-१४ गते किटानि जाहेरी दिए पश्चात तत्कालै प्रमूख जिल्ला अधिकारीज्यू तथा क्षेत्रिय प्रशासकज्यूलाई पनि यो घटना सम्बन्धि जानकारी गराएर तत्काल दोषिलाई कार्वाही गर्नको लागि अनुरोध गर्दा समेत हाल ११ दिन बितिसक्दा सम्म पनि पिडक हरुलाई हिरासतमा लिन नसक्नु रहस्यको बिषय बनेको छ साथै यस प्रति पोखरा विश्वविद्यालय दुख एवं खेद ब्यक्त गर्दछ।
दोषि विद्यार्थिहरु माथि कार्वाही गर्नुको साटो पुरै एमाले पार्टी-पंक्ति मिलेर विश्वविद्यालय पदाधिकारीहरुलाई तर्साउने, धम्काउने तथा भौतिक कार्वाही गर्छौ भन्ने सम्मका धम्कि दिने जस्ता कार्यहरु जिम्मेवार पार्टीबाट हुनु अशोभनिय कार्य भएको सबैको बुझाइ रहेको छ। विश्वविद्यालयमा प्राज्ञिक मर्यादा कायम राख्न का साथै प्राध्यापक, कर्मचारी एवं विद्यार्थिहरुको मनोबल उच्च राख्नको लागि आ-आफ्नो तर्फबाट पहल गर्नको लागि सम्पूर्ण विद्यार्थि, शिक्षक, अभिभावक, सचेत नागरिक, सुरक्षा निकाय लाई हार्दिक अपिल गर्दछौ।


0 comments :
Post a Comment