English Edition

महिला सशक्तिकरणका सवालमा अगाडी बढ्नुपर्ने


पोखरा, २६ असार
मार्गदर्शन महिला समुह पोखरा ११ रानीपौवाको दोस्रो अधिबेशन शनिबार पोखरामा सम्पन्न भएको छ । अधिबेशनले आगामी कार्यकालका लागि पुनः दिल कुमारी  श्रेष्ठको अध्यक्षतामा नया कार्यसमिती चयन गरेको छ । स्वास्थ्य तालिम केन्द्र रानीपौवामा सम्पन्न अधिबेशनले उपाध्यक्षमा शान्ती यादब, सचिब लक्ष्मी थापा, सहसचिब बिन्दु थापा, कोषाध्यक्ष पार्वती श्रेष्ठ, सहकोषाध्यक्षमा धर्ममाया जोशीलाई चयन गरेको छ । 


यस्तै सदस्यहरुमा इन्दिरा सुबेदी, चुङ्गा गुरुङ्ग, पदमा गुरुङ्ग, अनिता गुरुङ्ग, दुर्गा गुरुङ्ग चयन भएका छन् । समुहको सल्लाहकार समितीमा बरिष्ठ सल्लाहकार किशोरी बस्याल, सल्लाहकारहरु लक्ष्मी थापा, प्रेमकुमारी गुरुङ्ग, लक्ष्मी दाहाल रहेका छन् । 
यस अघि कार्यक्रमको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले महिलाहरु चुलाचौकामा मात्रै सिमित नभई सामाजिक परिबर्तन र महिला सशक्तिकरणका सवालमा अगाडी बढ्नुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा प्रमुख अतिथी टोलका जेष्ठ सदस्य दुधकुमारी गुरुङ्ग, शिबशक्ति महिला उत्थान समितीका अध्यक्ष उमा श्रेष्ठ, बुद्ध टोल बिकास संस्थाका अध्यक्ष अतिमान गुरुङ्ग, शिक्षासेवी तथा तनहुँ पोखरा सम्पर्क समाजका बरिष्ठ उपाध्यक्ष गणेश थापा, शिक्षाबिद बलबिर सिंह नेगी, जगत जननी आमा समुहका अध्यक्ष राधा केसी, पोखरा एफ.एमका स्टेशन इन्चार्ज सन्जय मल्ल, मार्गदर्शन महिला समुहका अध्यक्ष दिलकुमारी गुरुङ्ग, सचिब लक्ष्मी थापा लगायतले बोलेका थिए । 


उक्त अवसरमा एसएलसीमा राम्रो अंक ल्याई उत्तिण निश्चल खवास र दुर्गा सुबेदी समुहमा आबद्ध सदस्यका छोराछोरी तथा जेष्ठ नागरिकहरु चमेली भुजेल र गंगामाया भुजेल लाई दोसल्ला तथा सम्मानपत्रले सम्मान गरिएको थियो । नयाँ कार्यसमिती चयनका लागि ३ सदस्यिय निर्बाचन समिती तोकिएको थियो । जसमा मिना रञ्जित, गणेश थापा र चमेली भुजेल रहेका थिए । समुहका अध्यक्ष दिलकुमारी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिब लक्ष्मी थापाले गरेकी थिइन । 

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment