पोखरा, २६ असार । नेपाली जनतालाई प्रजातन्त्र र कम्युनिजमको वारेमा बुझाउन सके कम्युनिष्ट नरहेको बताएका छन् । नेपाली काँग्रेस धादिङ पोखरा सम्पर्क सदनद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा सो धारणा राखेका हुन् । सम्पर्क सदनका सभापति केदार धमलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सदनका अगुवा सल्लाहकार ढुण्डीराज मिश्रले संगठन निर्माणमा जुझारु भएर लाग्न आग्रह गरेका थिए ।
धादिङबाट पोखरा आई अस्थायी वा स्थायी वसोवास गर्ने धादिङवासीहरुकाबीच आयोजित प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य प्राध्यापक देवराज चालिसे र प्राध्यापक पदमशरण रेग्मीले प्रशिक्षण दिएका थिए ।
काँग्रेसको राजनीतिमा विभिन्न संघसंस्था तथा टे«ड युनियनमा आवद्ध ७५ जना अगुवा कार्यकर्ताकाबीच पार्टी कार्यालय चिप्लेढुङ्गामा शनिवार आयोजित प्रशिक्षण कार्यक्रममा प्रशिक्षक देवराज चालिसेले जनतालाई स्वतन्त्रता, सम्पत्ती स्वामित्व, वाक स्वतन्त्रता, कानुनी राज्य प्रणाली, राष्ट्रियताको बारेमा स्पस्ट बुझाउन सके नेपाली भूमिमा कोही पनि कम्युनिष्ट नरहने ठोकुवा गरेका थिए ।
उत्तर कोरिया, रुस, चीनको इतिहाँस र अमेरिका, दक्षिण कोरियाजस्ता मुलुकहरुको उदाहरण हाम्रा झुटा र फेल भईसकेको ईतिहाँस वोक्ने कम्युनिष्टहरुलाई बुझाउन सम्पर्क सदन मार्फत अनुरोध समेत गरे । आफूसंग भएको कुरा भन्न नसक्ने काँग्रेसी चरित्र र दरिद्रता बोक्ने कम्युनिष्टहरुबीच भिन्नता रहेको भन्दै आर्थिक, सामाजिक र व्यवहारीका पक्षलाई स्पस्ट पार्न आजैबाट लाग्न अनुरोध समेत गरेका थिए । विदेशी सामु झुटा योजना र आफ्नो देश भन्दापनि विदेशी नेतालाई मान्ने चरित्रमाथि नियाल्न सवैलाई अनुरोध गरेका थिए ।

सदनका उपसभापति यादुप्रसाद ढकालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव माधव लम्सालले गरेका थिए । उक्त कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सचिव कृष्ण के.सीले आफूहरुले जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको भन्दै नेपाली काँग्रेस धादिङ पोखरा सम्पर्क सदन एउटा शक्ति भएको बताए ।
अडियो भिडियो सहित सञ्चालित प्रशिक्षण कार्यक्रममा राष्ट्रले मुहार फर्न आजैबाट आर्थिक उपार्जनको कार्यमा लाग्न प्रेरणा गर्दै काठमाडौं नजिक रहेरपनि कम्युनिष्टहरुको चक्रव्युमा जनतालाई फसाएकोमा चिन्ता व्यक्त गरिएको थियो । समापन मन्तव्य दिँदै सभापति केदार धमलाले आगामी दिनको यात्रामा नविनता थप्ने बताउँदै धादिङको तीनै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसको सफलता सुनिस्चित हुँदै गएको ठोकुवा गरे ।
कार्यक्रममा पार्टी सचिव युवराज कुँवर, नेपाली काँग्रेस पोखरा नगर सभापति विष्णुहरि बराल, नेपाल आदिवासी जनजाती संघ कास्कीका सभापति जितबहादुर गुरुङ लगायतले काँग्रेसको विचार बोकेर हिड्नु र संगठन गर्नुलाई सकारात्मक भएको उल्लेख गरेका थिए ।

0 comments :
Post a Comment