English Edition

युवा गायक तथा संगीतकार चन्द्रकान्त पौडेलको प्रसिद्धि नामक एल्बम सार्बजनिक (भिडियो)

युवा गायक तथा संगीतकार चन्द्रकान्त पौडेलले एकल संगीत स्वरमा हालसालै प्रसिद्धि नामक एल्बम सार्बजनिक गरेका छन। लोकपप , पप, आधुनिक,गजल, एवं देशभक्ति गीतहरु समावेश गरिएको  यो एल्बम नेपाल संस्कृत विश्वविद्यालय बाट ज्योतिषशास्त्रमा आचार्य गरेर अहिले नेपाली साहित्यमा स्नातकोत्तर गर्दै गरेका पौडेलको पहिलो एल्बम हो।
गायनमा मात्र नभएर संगीत सिर्जनामा पनि उत्तिकै प्रखर पौडेलले मौका मिलेमा चलचित्र संगीतको भार वहन गर्न सक्ने बताए। यसो उनले संगीत गरेको एल्बम को गीतहरु सुन्दा प्रत्येक गीत फरक फरक शैलीमा कम्पोज गरेको भेटिन्छ। आफ्नो संगीतमा नेपाल भारतका बिभिन्न गायक गायिका हरुलाइ गाउन लगाउने इच्छा राखेका पौडेलले सामवेदका रिचा एवं मन्त्रको लयलाइ जुनकि नेपाली गीत संगीतको लागि एकदम नौलो कुरा हो  त्यसको प्रयोग नेपाली चलचित्रमा गर्ने बताए एवं योग्य पात्र भेटेमा आफ्ना ती सिर्जनाहरु प्रदान गर्ने कुरा गरे।। 
साहित्यसंगीतकलाविहीन:
साक्षात्पशूपुच्छविषाणहीन:
साहित्य संगीत नजान्ने मान्छेको जीवन पुच्छर सिङ्ग नभएको पशुको जस्तै हुन्छ त्यसकारण सबैले धेरै थोरै जति सकिन्छ त्यति संगीत सिक्नु पर्ने उनीले बताए सर्वसाधारण को घरमा जब सम्म सरगम सा रे नि सा पुग्दैन त्यति बेला सम्म जति संगीत का उद्योग खोले पनि यो क्षेत्र कमर्सियल बन्दैन। स्रस्टा नै नरहे सृष्टि कहाँ बाट हुन्छ? नेपाली गीत संगीतको धराशायी बजार तिर औंल्याउंदै  पौडेलले छिट्टै स्रष्टाको सुरक्षाको निम्ति सरकारले केइ पहल गर्नुपर्ने बताए।।
उनी द्वारा संगीत स्वरवध्द रहे साथ तिम्रो यही रात प्यारो , रिम्झीमे बर्सातैमा , नेपाल को माया नेपाल नेपाल नेपाल , आदी गीत हरुले ऐले प्रसिद्धी प्राप्त गरिरहेका छन ।। उनले गाएका प्राय: सबै गीत कर्णप्रिय एवं चर्चित बन्न सफल भएका छन संस्क्रित पृष् भूमी बाट आएका उनी अहिले एउटा उपन्यास पनि लेखीरहेका छन ..
गीत संगीत बाट जीविका चल्छ भन्ने प्रश्नमा उनले भने नेपाल मा मार्केट राम्रो नभएको होइन  बिस्तारै देश विदेश बाट पनि आफर आउन थालेको कार्यक्रम का लागी ।। कार्यक्रम नभए कसरी सक्ने हो मुस्कुराउँदै उनले भने .
कतै मेरो आवाजमा काम गर्न इच्छुक महानुभाव हुनुहुन्छ भने प्राय: ले आजकाल मेरो संगीत मा रुचाउन थालेको ले गर्दा काम विना बस्न परेको छैन .
उनी   भाषा मा गीत गाउंछन संस्क्रित , नेपाली हिन्दी इंग्लिश भोजपुरि राजस्थानी भाषामा काम गर्न अवसर मिलेको ..
संगीत को आमा भनेको हाम्रै संस्क्रित   को सामवेद हो त्यस कारण यसको मनग्य प्रयोग गर्ने अवसर पाये पछी हट्ने छैन श्रोतालाई कस्ता गीत मन पर्छन भन्ने कुरा थाहा पाए पछी मात्र त्यस्तो खाल को स्रीजना गर्न तिर लाग्छु फरक सांीतिक अनुभव सुनाए
वर्षको  कलिलो उमेरमा गुरुकुलीय शिक्षा अध्ययनका क्रममा भारतको दिल्लीमा पुगेका पौडेलले गुरुकुलको भक्ति संगीतले नै संगीतप्रति प्रेम सिर्जना गराएको दिल्लीमा नै आँफुले संगीतको औपचारिक शिक्षाको आधार पाएको बताए। रत्नराज्य क्याम्पस चण्डिराज काफ्लेको छत्रछायाँमा संगीतको अध्ययन लाई निरन्तरता दिईरहेका पौडेलले यो क्षेत्रको विकासका लागि औपचारिक शिक्षा अनिवार्य रहेको बताए। 

डा सनत कुमार ओस्ति, राजेन्द्र पौडेल  नरहरि प्रेमी तथा स्वयं गायक पौडेलले यस एल्बममा गीत लेखेका छन।उक्त एल्बममा समावेशरहे साथ तिम्रो”  मलाई के गरुँ गरुँ भयोनामक गीतको भिडियोमा रंगकर्मी श्रीराम दाहालको निर्देशन तथा दिनेश ढकाल  अनिता दाहालको अभिनय रहेको छ। 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment