English Edition

उदाहरणीय कार्य गर्दे स्मृती

तनहुँको भिमाद पुख्यौली घर भई हाल अमेरिकाको भर्जिनिया स्थित हर्डन हाइस्कुलमा कक्षा १२ मा पढ्दै गरेकी स्मृती सुवेदी उदाहरणीय पात्र बन्न पुगेकी छन् । यस अर्थमा स्मृती उदाहरणीय पात्र बन्न पुगेकी छन् कि उनले आफू पढ्ने स्कुलका शिक्षक तथा विद्यार्थीहरुबाट संकलन गरेर नेपालको विभिन्न क्षेत्रमा सहयोग गरेकी छन् । खासगरी स्मृती ले भूकम्प प्रभावित क्षेत्रमा गएर भूकम्पपीडित हरुलाई सहयोग गरेकी छन् । यसै सिलसिलमा स्मृतीले मंगलबार व्यास –६ चिन्तुटार स्थित शुक्र निम्न माध्यमिक विद्यालयका ४० जना बालबालिकाहरुलाई ४६ हजार बराबरको विद्यालय पोशाक तथा शैक्षिक सामाग्री वितरण गरेकी छन् । आफ्नो अध्ययनको विषयमा चिन्ता र चासो लिनु पर्ने उमेरकी स्मृती ले भूकम्पप्रभावित क्षेत्रका बालबालिकाको शैक्षिक विषयमा जुन चिन्ता र चासो जाहेर गरेर सहयोग गरेकी छन् ।त्यो निकै नै सह्रानीय छ ।
किनकि स्मृतीको यो कार्यले विदेशीएका अन्य युवा पुस्तालाई समेत आफ्नो जन्मभूमि प्रति केही गर्नुपर्दछ भन्ने सन्देश दिएको छ । विदेशीएका पछिल्लो पुस्तालाई हेर्ने हो भने अधिकांश युवा र युवती विदेशको रंगिन दुनियाँमा भुलेको पाइन्छ । त्यसमा पनि युरोप र अमेरिका जाने युवा युवतीको कुरै नगरौं । उनीहरु त नेपालको नाम समेत लिन चाहदैनन । तर स्मृती भने आफ्नो जन्मभूमिलाई सम्झिएर हातहरु फैलाइ रहेकी छन् ।यसले अवश्य पनि एउटा सकारात्मक सन्देश दिईरहेको छ ।

अर्कोकुुरा सामाजिक क्षेत्रमा पाइला चाल्न लागेकी स्मृतीलाई उनका बाबु गोविन्द र आमा सुशिलाले जुन हिसाबले सहयोग गरिरहेका छन् ।त्यसलाई समेत उनीहरुको महानता मान्नुपर्दछ । किनकि बाबु आमाको सहयोग बिना कुनै पनि बालबालिका एककदम अगाडि निकै कठिन हुन्छ ।तसर्थ स्मृतीले चालेको अभियानमा सर्मथन गर्ने स्मृतीका बाबुआमा समेत धन्यवादका पात्र बन्न पुगेका छन् । आशा गरौ, सामाजिक क्षेत्रमा स्मृतीका पाइलाहरु अझै अगाडि बढ्दै जाने छन् ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment