English Edition

नेपालीहरूको संगठन नासाद्वारा भूकम्पपीडितका लागि २६ हजार सहयोग


शिव बिष्ट,अमेरिका, नर्थ क्यारोलिना

अमेरिकाको दक्षिण–पूर्वी राज्यहरूमा बस्ने नेपालीहरूका एकमात्र बृहद र साझा संगठन नेप्लिज एसोसियशन अफ साउथ इष्ट अमेरिका (नासा) ले भूकम्पपीडितका लागि संकलित रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको छ । नर्थ क्यारोलिनाको ग्रिन्सबोरोमा हालै सम्पन्न कार्यक्रममा नासाले अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कार्कीमार्फत रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको हो ।
कार्यक्रममा नासाका अध्यक्ष डा.रामचन्द्र बरालले १४ हजार डलरको चेक राजदूत कार्कीलाई हस्तान्तरण गर्नुभएको थियो । नासाले भूकम्पपीडितका लागि कूल २६ हजार दुई सय ६२ डलर संकलन गरेको थियो । त्यसमध्ये सात हजार डलर यसअघि राजदुतावासमै पुगेर हस्तान्तरण गरिएको र बाँकी रकम भूकम्पपीडित क्षेत्रमै वितरण गरिएको नासाका अध्यक्ष बरालले जानकारी दिनुभयो । कार्यक्रममा राजदूत कार्कीले भावी पुस्ताले नेपालमा अब यस्ता दैवी प्रकोपको सामना गर्नु नपरोस् भन्ने कामना गर्दै अहिलेको यो भूकम्प नेपाल पुनर्निर्माणका लागि अवसर र चुनौती दुबै भएको बताउनुभयो । उहाँले नेपाल पुनर्निर्माणका लागि राजनीतिक पूर्वाग्रह नराखी एकजुट हुन सबैलाई आग्रह पनि गर्नुभयो ।

तीन चरणमा सञ्चालित उक्त कार्यक्रममा नासाका अध्यक्ष बरालले राजदूत कार्कीलाई संस्थाको सम्मानित आजीवन सदस्यता प्रदान गर्नुभएको थियो । अध्यक्ष बरालले राजदूत कार्कीलाई आफ्नो कार्यकालमा सकेसम्म नेपालीहरूको हीतमा काम गर्न आग्रह पनि गर्नुभयो । प्रथम चरणको उक्त कार्यक्रममा संस्थाले हालसम्म दुई सय १५ जनालाई आजीवन सदस्यता वितरण गरिसकेको र केही समयभित्रै तीन सय पुर्याउने लक्ष्य रहेको जानकारी पनि दिइएको थियो । कार्यक्रममा उपस्थित नव आजीवन सदस्यहरूलाई राजदूत कार्कीले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

नासा–एन्मा संयुक्त सम्मेलन –२०१५ मूल समारोह समितिका संयोजक माधव ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल स्पोर्टस् एण्ड कल्चर इन्टरनेशनल, यूएसए का अध्यक्ष सीता पाण्डेले आफ्नो संस्था नेपाली भाषा, खेलकुद र संस्कृतिको विकास र प्रवद्र्धनमा क्रियाशिल रहेको बताउनुभयो । उहाँले आफ्नो संस्थाले नेपाली विध्यार्थीका लागि छिट्टै नयाँ नयाँ कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिँदै सबैको सहयोग र सदभावको खाँचो रहेको बताउनुभयो । कार्यक्रममा नासा–एन्मा संयुक्त सम्मेलन –२०१५ को आयोजक हाइ प्वाइन्ट र ग्रिन्सबोरोस्थित नेपालीहरूको संस्था टीएनसीसीका अध्यक्ष नारायण खड्काले आउँदो सेप्टेम्बर ५, ६ र ७ मा हुने नासा–एन्मा संयुक्त सम्मेलन सफल पार्न सहयोगका लागि सबैलाई आग्रह गर्नुभयो ।

नासा–एन्माका महासचिव प्रसिम पौडेलले स्वागत मन्तब्य र नासाका सहसचिव अम्बिका लोहनीले सञ्चालन गर्नुभएको प्रथम चरणको उक्त कार्यक्रममा नेपाल–अमेरिका चेम्बर अफ कमर्शका बरिष्ठ उपसभापति सानुबाबु सिलवाल, नेपाल–अमेरिका पत्रकार संघका उपाध्यक्ष शिव बिष्टलगायतका महानुभावहरूको उपस्थिति रहेको थियो । नासा–एन्माले विगत लामो समयदेखि हरेक वर्ष गर्दै आएको सम्मेलन यस पटक नर्थ क्यारोलिना राज्यको ग्रिन्सबोरो सिटीस्थित होटल एम्बेसी स्विटमा हुने भएको छ ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment