भनिन्छ, विद्वानहरु समस्यामा पनि समाधान देख्छन तर मुर्खहरु समाधानमा पनि समस्या मात्रै देख्छन।
यस्तै हाल अमेरिकाको एन.आर.एन.को निर्वाचन परिणामलाई लिएर केही व्यक्तिहरुले विवादमा ल्याउने कोशिस गरेका छन् |जसको प्रत्यक्ष असर भनेको हामी विदेशमा वस्ने सम्पूर्ण गैर आवासीय नेपालीहरुलाई नै हुने हो ।
आज विडम्बनाको कुरा यो छ कि 'भाई फुटे गँवार लुटे' भने जस्तै आज गवार लुट्नको लागि धेरै तिरवाट निर्वाचित कार्यसमिति माथि प्रहार भइरेको छ जुन अत्यन्तै विडम्बनाको कुरा हो । ग़ैर आवासीय नेपाली संघको एकमात्र लक्ष्य र उद्देश्य भनेको हामी सम्पूर्ण गैर आवासीय नेपालीहरुविचको वृहत्तर हित र आपसी एकता नै हो । जसले निर्वाचनका दौरानमा आफुलाई प्रतिस्पर्धामा उतार्नु भयो उहाहरुको इच्छा,चाहना,लक्ष्य र उद्देश्य पनि निजी नभई सामाजिकनै थियो तर चाहदा चाहदै पनि उहाहरुलाई छनौट गर्न सकिएन किनकी लोकतान्त्रिक प्रक्रियाको नियम नै यो छ कि एउटालाई रोज्न अर्कोलाई छोड्नै पर्ने हुन्छ ।हामीले निर्वाचनका दौरान यहाँहरूलाई रोज्न नसकेकोमा म अन्तरहृदय देखिनै यहाहरुप्रति क्षमा चाहन्छु पक्कै पनि यहाहरुले क्षमा दिनुहुनेछ।
नेपालीहरुको हीत नेपालीहरुविचको वृहत्तर एकता र सामाजिक सद्भावलेनै हुने हो यसको लागी हामी आपसमा मिल्नुको कुनै विकल्पनै छैन । जसले चुनावी मैदानमा प्रतिस्पर्धा गर्नुभयो | उहाहरुको अभिप्राय भनेको गैरआवासीय नेपालीहरुको हीत नै हो |हारे पनि, जिते पनि र हामी जसले मतदाताको रुपमा मतदान गर्यौ | हाम्रो पनि चाहना त्यही नै थियो । आखिर सम्पूर्ण उमेदवारहरुको अभिप्राय र मतदाताहरूको चाहना एउटै थियो | तर पनि हाल आएर विवाद किन? के किसिमको विवादले हाम्रो भलो गर्ला पक्कै पनि गर्दैन । उसो भए भलो नहुने काममा हामी किन अल्झिएका छौ ? यसका पछाडी कसैको षड्यन्त्र त
छैन ? आज हामीलाई शंका उत्पन्न भएकोछ ।
यदी कसैको षड्यंत्र छैन भने हामी आफूमा आफै स्वायत्त छौ, हामी हाम्रो घरको झगडा आफै मिलाउन सक्छौ | जसको उदाहरण तपाईहरु वन्नुहोस | यहाँहरुलाई यो एउटा सुनौलौ अवसर र मौका पनि हो।
छैन ? आज हामीलाई शंका उत्पन्न भएकोछ ।
यदी कसैको षड्यंत्र छैन भने हामी आफूमा आफै स्वायत्त छौ, हामी हाम्रो घरको झगडा आफै मिलाउन सक्छौ | जसको उदाहरण तपाईहरु वन्नुहोस | यहाँहरुलाई यो एउटा सुनौलौ अवसर र मौका पनि हो।
हामी यस्तो देशका नागरिक हौ जहाँ राजाले प्रधानमन्त्रीको प्रस्ताव गर्दा पनि पद अस्वीकार गरेर पद वाहीरै वसेर देश र जनताको लागि काम गरेका गणेशमान लगायत केही नेताहरुको इतिहाँस हामी समक्ष अझै साक्षी छ।
यसैले सामाजिक कामको लागि पदमा वसिरहनु पर्छ भन्ने जरुरी हुदैन । यसैकारण हामी सवैको यहाँहरुलाई विनम्र अनुरोध, जो पदमा वस्नु भएकोछ उहाहरुले पदमै रहेर र पदमा नहुनेहरु पद वाहीरै रहेर नेपालीहरुको मुहार हँसिलो वनाउन प्रयास गरौं | आज धेरै नेपालीहरुले विमानस्थलदेखि नै समस्या भोगीरहेका हुन्छन | अधिकांश ग्यास स्टेशन, फास्ट फुड र रेष्टुरेन्टमा तल्लो स्तरको काम गर्ने नेपालीहरुको जीवनस्तर उकास्नलाइ के गर्न सकिन्छ त्यतातिर पो सोच्ने हो कि !
गहनरुपमा सोच्ने हो भने जो उमेदवारको प्रतिस्पर्धी वन्नुभयो यहाहरु सवै उत्तिकै कुशल र योग्य हुनुहुन्छ | चुनाव हार्ने र जित्ने सवै प्रति हाम्रो उतिकै उच्च सम्मान र आदर रहेको छ । चुनाव हारेपनि एन.आर.एन.मा यहाहरुको कुनै न कुनै स्थान र भूमिकाको जरुरी अवश्य पनि हामीलाई छ ।
उपरोक्त भूमिका र स्थानको लागि उपयुक्त माध्यम भनेको वार्ता हो | जसका लागि दुवै पक्षका कुनै पनि अडानहरु छन भने आ-आफ्नो अडानमा दुवै पक्ष केही लचिलो हुनैपर्दछ । कुनै पनि पक्ष लचिलो नभई वार्ता सफल हुनै सक्दैन । यसैले अब धेरै ढिला नगरौं जस्तो कै समस्याको समाधान पनि वार्ता नै हो यसको कुनै विकल्प नै सोच्न सकिन्न । धेरै हतियारधारी शक्तिहरु पनि वार्ता मार्फत शान्ति प्रक्रियामा आएका विश्वमा धेरै उदाहरणहरु साक्षी छन भने हामीहरु एउटै घरका दाजुभाई तथा दीदिवहीनीहरुवीच किन आपसी आरोप प्रत्यारोप ?
अब आउनुहोस ! हातमा हात मिलाएर अघि बढौ | यहाँ कसैले पनि हारेको छैन र कसैले जितेको पनि छैन । यदि यहाँ हार्ने छ भने सबै नेपालीले हार्ने छ, जित्ने छ भने सबै नेपालीले जित्ने छ | बिदेशी भूमिमा एउटालाई काट्दा अर्कोलाई दुख्ने भावना लिएर बाचौं न !
(लेखक भर्जिनियामा बसोबास गर्ने सक्रिय नेपाली हुनुहुन्छ | सम्पादक )
अब आउनुहोस ! हातमा हात मिलाएर अघि बढौ | यहाँ कसैले पनि हारेको छैन र कसैले जितेको पनि छैन । यदि यहाँ हार्ने छ भने सबै नेपालीले हार्ने छ, जित्ने छ भने सबै नेपालीले जित्ने छ | बिदेशी भूमिमा एउटालाई काट्दा अर्कोलाई दुख्ने भावना लिएर बाचौं न !
(लेखक भर्जिनियामा बसोबास गर्ने सक्रिय नेपाली हुनुहुन्छ | सम्पादक )
0 comments :
Post a Comment