प्रदीप आचार्य
लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीलाई स्मार्ट सिटी बनाउने महत्वाकांक्षी योजना सरकारले नीति तथा कार्यक्रममा समावेश गरेपछि यसको बारेमा चर्चा शुरु भएको छ । सरकारले बुद्ध जन्मस्थल लुम्बिनीमा ‘स्मार्ट सिटी’ बनाउने अति महत्वकांक्षी योजना अघि सारेको छ ।
बुधवार राष्ट्रपति डा. रामवरण यादवले सरकारको नीति तथा कार्यक्रममा ‘लुम्बिनी स्मार्ट सिटी’ लाई प्राथमिकताका साथ प्रस्तुत गरे । लुम्बिनीलाई अन्तरराष्ट्रिय पर्यटकीय स्थलका रुपमा विकास गर्ने थुप्रै योजनाहरु बनिरहेका बेला सरकारले अघि सारेको ‘स्मार्ट सिटीको’ अर्को प्रस्तावले यहाँका बासिन्दा आश्चर्यचकित छन् । स्मार्ट सिटी भनेकै के हो ? लुम्बिनीमा स्मार्ट सिटीको परिकल्पना कसरी भयो ? यो सम्भव छ कि छैन ? सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएपछि लुम्बिनीका विषयमा चासो राख्नेहरुका बीचमा यो बहस शुरु भएको छ ।
के–हो स्मार्ट सिटी ?
सामान्यतया ‘स्मार्ट सिटी’ भनेको त्यस्तो सहर हो, जहाँको भौतिक संरचना, दीर्घकालीन निर्माण, सञ्चार र बजार अत्याधुनिक हुन्छ । यसलाई पूर्ण ब्यवस्थित शहरकोे रुपमा परिभाषित गरिन्छ । आधुनिक शहरमा आवश्यक पर्ने कुनैपनि विषय नछुटेको शहरलाई स्मार्ट सिटी भनिन्छ । यस्तो सहरमा सूचनाप्रविधि प्राथमिक पूर्वाधार हुनेछ र यसैमार्फत यहा“ँका बासिन्दालाई सेवा दिइन्छ । यहाँ अटोमेटिक सेन्सर र डाटा सेन्टर हुनेछन् ।

सामान्यतया ‘स्मार्ट सिटी’ भनेको त्यस्तो सहर हो, जहाँको भौतिक संरचना, दीर्घकालीन निर्माण, सञ्चार र बजार अत्याधुनिक हुन्छ । यसलाई पूर्ण ब्यवस्थित शहरकोे रुपमा परिभाषित गरिन्छ । आधुनिक शहरमा आवश्यक पर्ने कुनैपनि विषय नछुटेको शहरलाई स्मार्ट सिटी भनिन्छ । यस्तो सहरमा सूचनाप्रविधि प्राथमिक पूर्वाधार हुनेछ र यसैमार्फत यहा“ँका बासिन्दालाई सेवा दिइन्छ । यहाँ अटोमेटिक सेन्सर र डाटा सेन्टर हुनेछन् ।
स्मार्ट सिटीमा अटोमेटिक ट्राफिक संकेत हुनेछन् । सहर ठुलो भएपछि सबैभन्दा ठुलो समस्या सवारी व्यवस्थापनमा हुने भएकाले यस्तो समस्या समाधान गर्न स्वचालित रूपमा सवारी साधनलाई निर्देशन गर्ने संयन्त्र स्मार्ट सिटीमा हुन्छ । यस्तो सहरमा निजीलाई भन्दा पनि सार्वजनिक सवारीलाई बढी प्राथमिकता दिइनेछ र यहाँ पनि सूचना प्रविधिको व्यापक प्रयोग गरिएको हुनेछ । साथै, कुनै सवारी दुर्घटना भए बटन थिचेपछि उद्धारका लागि सूचना सम्बन्धित निकायमा जानेछ । यसबाहेक, सहरका हरेक कुनामा सीसी क्यामेरा जडान गरिनेछन् र कन्ट्रोल रुममा बसेर सहरको गतिविधि निगरानी गर्न सकिनेछ ।
अर्को विशेषता भनेको डाटा सेन्टर हो । यस्ता केन्द्रहरूमा सहरबारे हरेक सूचना उपलब्ध हुनेछ । त्यसैगरी, अपराधीको पहिचान गर्न ‘फेस आइडेन्टिफिकेसन सिस्टम’ हुनेछ । संदिग्धको फोटो र डीएनए कम्प्युटरमा राखेलगत्तै उनको विगत र अपराधका बारेमा तुरुन्त जानकारी लिन सकिनेछ । पार्किङका लागि मानिसहरूले यताउता भौतारिनुपर्ने छैन । कुनचाहि पार्किङ स्थलमा ठाउ“ छ भन्ने जानकारी गाडीमै पाइनेछ । यसले प्रदूषणलाई समेत घटाउनेछ ।
स्मार्ट सिटीमा टेली उपचारको प्रयोग व्यापक हुनेछ । अब चिकित्सकलाई देखाउन लाइनमा घन्टौं बस्नुपर्ने छैन । घरमै बसेर विशेषज्ञ उपचार हासिल गर्न सकिनेछ । त्यसैगरी, सडकमा विशेषखाले बत्ती हुनेछन्, जसको चमक साँझ, राति र बिहानमा आवश्यकअनुसार फरक–फरक हुनेछ ।
हरेक घरमा पानी र बिजुलीको खपत कति भइरहको छ भन्ने कार्यालयबाटै हेर्न सकिनेछ । यस्ता सहरमा फोहोर व्यवस्थापन पनि अत्याधुनिक हुनेछ । शहरको कुन ठाउँमा फोहोर थुप्रिएको छ भन्ने हेर्न सकिनेछ । स्मार्टफोन एप्लिकेसनबाट सबैभन्दा नजिक रहेको ट्याक्सीलाई घरसम्मै बोलाउन सकिनेछ । पानी, पार्क र हरियालीले सुन्दर र आकर्षक मात्रै होइन पूर्ण वातावरण मैत्री हुनु पनि ‘स्मार्ट सिटी’को अर्को विशेषता हो ।
संसारमा न्यूयोर्क, फ्रेन्च सिटी, लण्डन, बार्सिलोना, सिंगापुर, पेरिस, बर्लिन,टोक्यो र कोपनहेगन लगायतका शहरहरु ‘स्मार्ट सिटी’को रुपमा विकास भइसकेका छन् ।
कसरी गरियो स्मार्ट सिटीको परिकल्पना ?
सन् २०१२ मा ‘लुम्बिनी शान्ति शहर’को गुरुयोजना बनाउने जिम्मा पाएका कोरिएन प्रोफेसर क्वाक याङ्गुन ले यो शहर एउटा ‘स्मार्ट सिटी’को रुपमा तयार हुने सपना वारम्वार देखाइरहन्थे । ‘क्वाकले बनाएको लुम्बिनी शान्ति शहरको गुरुयोजना एउटा स्मार्ट सिटी कै परिकल्पनामा आधारित छ’ – लुम्बिनी विकास कोषका वरिष्ठ इन्जिनियर सरोज भट्टराइले भने ।
सन् २०१२ मा ‘लुम्बिनी शान्ति शहर’को गुरुयोजना बनाउने जिम्मा पाएका कोरिएन प्रोफेसर क्वाक याङ्गुन ले यो शहर एउटा ‘स्मार्ट सिटी’को रुपमा तयार हुने सपना वारम्वार देखाइरहन्थे । ‘क्वाकले बनाएको लुम्बिनी शान्ति शहरको गुरुयोजना एउटा स्मार्ट सिटी कै परिकल्पनामा आधारित छ’ – लुम्बिनी विकास कोषका वरिष्ठ इन्जिनियर सरोज भट्टराइले भने ।
भट्टराइका अनुसार आधुनिक सूचना प्रणालीका सवै संयन्त्रहरुको परिकल्पना, पार्क, हरियाली र वातावरणमैत्री तथा प्रदूषणरहित शहरको रुपमा ‘लुम्बिनी शान्ति शहर’लाई अघि सारिएको छ । उनले सरकारले अघि सारेको ‘स्मार्ट सिटी’ लुम्बिनी शान्ति शहरको गुरुयोजना कार्यान्वयनको लागि अघि बढाइएको प्रकृया हुनसक्ने आशंका गरे । क्वाकले अघि सारेको ‘लुम्बिनी शान्ति शहर’ सरकारले भनेको ‘स्मार्ट सिटी’ संग मेल खाने दाबी उनको छ ।
तर रुपन्देहीका विकासे आयोजनाहरुमा विशेष चासो र पहल राख्ने सभाषद् तथा नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल भने ‘स्मार्ट सिटी’को परिकल्पना क्वाकको गुरुयोजना भन्दा बाहिरबाट आएको दाबी गर्छन् । पौडेलले रुपन्देहीलाई विकासमा मुलुककै नमुना जिल्ला बनाउने अभियान अन्तर्गत यो योजना अघि सारिएको बताए ।
उनले लुम्बिनीको महत्व र सम्भावनाहरुलाई समेत ध्यानमा राखेर लुम्बिनीमै ‘स्मार्ट सिटी’ बनाउने कुरामा सरकार तत्पर रहेको दाबी गरे । ‘क्वाकले पनि शान्ति शहरको परिकल्पना गरेर एउटा सुझाव सहितको प्रस्ताव ल्याएका छन्,त्यसलाई कार्यान्वयन गर्ने,नगर्ने वा कति गर्ने भन्ने कुरा सरकारको हातमा छ’– नेता पौडेलले भने ।
स्मार्ट सिटी कहाँ र कसरी बनाउँदा उपयुक्त हुन्छ भन्ने अध्ययनका लागि सरकारले नीति तथा कार्यक्रममा यसलाई समेटेको पौडेलले बताए । तर क्वाकको शान्ति शहरको गुरुयोजनासंग ‘स्मार्ट सिटी’को कुनै सम्बन्ध नरहेको उनले दावी गरे ।
पौडेलका अनुसार लुम्बिनी क्षेत्रमा व्यक्तिकोे नीजि जग्गा लिएर सरकारले ‘स्मार्ट सिटी’का लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरु निर्माण गर्नेछ । त्यसपछि उक्त शहरमा बस्न आवश्यक पर्ने सम्पूर्ण आचारसंहिता पालना गर्न सक्ने व्यक्तिलाई हस्तान्तरण गरिनेछ ।
‘स्मार्ट सिटी’का लागि उपयुक्त हुने क्षेत्र,आवश्यक जग्गा, सम्भावना लगायतका विषयमा आगामी आर्थिक वर्षभित्र सम्भाव्यता अध्ययन गर्ने गरि सरकारले लुम्बिनीमा ‘स्मार्ट सिटी’ बनाउने योजना आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको हो ।
सम्भब होला त लुम्बिनीमा ‘स्मार्ट सिटी’ ?
सन् १९७८ मा जापानी वास्तुकलाविद् प्रोफेसर केन्जो टाङ्गेले बनाएको लुम्बिनी गुरुयोजना तत्कालिन समयमा निकै महत्वकांक्षी मानिएको थियो ।
सन् १९७८ मा जापानी वास्तुकलाविद् प्रोफेसर केन्जो टाङ्गेले बनाएको लुम्बिनी गुरुयोजना तत्कालिन समयमा निकै महत्वकांक्षी मानिएको थियो ।
सरकारले करिव ३५ वर्ष मा उनको गुरुयोजनाको ८० प्रतिसत काम सकेको छ । टाङ्गेको गुरुयोजना आफैमा भब्य र सुन्दर छ । यो गुरुयोजनाले लुम्बिनीको जम्मा १ सय ७७ विगाहा क्षेत्रफल मात्रै ओगटेको छ । यसले लुम्बिनीका प्राचीन पुरातात्विक संचरनाहरुको संरक्षणका लागि महत्वपूर्ण भूमिका खेलेको छ ।
लुम्बिनी गुरुयोजना क्षेत्रभित्र मात्रै होइन वाहिर समेत ब्यवस्थित शान्त र समृद्ध शहरको परिकल्पना उनले गरेका छन् । तर टाङ्गेले बनाएको गुरुयोजनाले भित्र बसेका स्थानीयलाई बाहिर समेत ब्यवस्थित रुपमा बसाल्ने ठोस प्रस्ताव ल्याएन जसका कारण स्थानीय वासिन्दा सधै लुम्बिनी र लुम्बिनी विकास कोषप्रति असन्तुष्ट रहदै आए । लुम्बिनी भित्र जति सुन्दर बन्दै गयो बाहिर झन् अव्यवस्थित बन्यो ।
यति सेरोफेरोमा केही वर्षअघि लुम्बिनीमा चिनियाँ लगानी ल्याउने उद्देश्य सहित ‘एपेक’ नामक परियोजना अगाडी सारियो । यो परियोजनाले पनि लुम्बिनी क्षेत्र बाहिर आधुनिक र सूचना प्रविधिले भरिपूर्ण शहरको परिकल्पना गरेको थियो । यद्यपि एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले लोकप्रियताका लागि यस्तो योजना अघि सारेको भन्दै ब्यापक आलोचना भएपछि उनी त्यसवाट पछि हटे ।
त्यसपछि लुम्बिनीलाई ग्रेटर लुम्बिनी बनाउनुपर्ने प्रस्तावहरु आए । तर ग्रेटर लुम्बिनीको परिकल्पनालाई साकार पार्न खास कुनै गुरुयोजना बनेन । त्यही विचमा कोरियन प्रोफेसर क्वाकले लुम्बिनीलाई संसारकै नमुना शान्ति शहर बनाउनुपर्ने प्रस्ताव ल्याए ।
सरकारको अनुमति पाएपछि कोरियन सहयोग नियोग (कोइका)को सहयोगमा प्रोफेसर क्वाकले सुन्दर र शान्त शहरको गुरुयोजना तयार पारे । तीन अर्ब अमेरिकी डलरको लगानीमा यस्तो शहर बनाउन सकिने योजना उनको छ । उनको गुरुयोजनालाई लुम्बिनीवासीले निकै मन पराएका छन् ।
तर सरकारले यसलाई कार्यान्वयनमा लैजाने विषयमा खासै चासो देखाएको छैन । स्थानीय राजनीतिक दलका नेताहरुको सहभागिता विना शान्ति शहरको योजना बनेको आरोप समेत लाग्ने गरेको छ । यद्यपी लुम्बिनी संसारकै नमुना, सुन्दर, शान्त र ‘स्मार्ट शहरको’ रुपमा विकास हुने दिशामा अघि बढेको विज्ञहरु बताउँछन् ।
लुम्बिनी एउटा शान्त र पवित्र ग्रामको रुपमा विकास भइसकेकाले अहिलेको लुम्बिनी गुरुयोजना क्षेत्रलाई नै ‘स्मार्ट पिस एरिया’ बनाउन सकिने धारणा पर्यटनविद् रामचन्द्र सेंढाइको छ ।
लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङ्ले सस्तो लोकप्रियताका लागि यस्ता योजना आउन नहुने बताए । उनले पटक–पटक नयाँ योजना अघि सारेर गुरुयोजना बनाउने नाममा पैसा खर्च गर्नुभन्दा क्वाकको गुरुयोजनालाई कार्यान्वयन गर्नु उपयुक्त हुने धारणा राखे । यद्यपि लुम्बिनीमा अर्को ‘स्मार्ट सिटी’को परिकल्पना आफैमा राम्रो भएको टिप्पणी गरे ।
लुम्बिनीविद् डा. गितु गिरीले लुम्बिनीमा ‘स्मार्ट सिटी’को परिकल्पना प्रोफेसर क्वाकले गरिसकेको भन्दै त्यसलाई कार्यान्वयनमा लैजानु सबैभन्दा राम्रो हुने बताए । तर क्वाकको परिकल्पनामा भव्य कंक्रिट शहरको परिकल्पना नभएकाले अर्को कुनै ‘स्मार्ट सिटी’ बनाउने भए लुम्बिनीदेखि टाढा बन्नुपर्ने धारणा उनको छ ।
तस्वीर : गुगल म्यापबाट
स्केच : districtoffuture.eu
स्केच : districtoffuture.eu
लुम्बिनी टाईम्सबाट
0 comments :
Post a Comment