आउँदो आइतवार टोकियोमा नेपाली कथानक चलचित्र आभाष प्रदर्शन हुने भएको छ| हालै नेपालमा गएको महाभूकम्पबाट क्षतीग्रस्त काभ्रे जिल्लाका दुर दराजका विद्यालय भवन पुनर्निर्माणमा सहयोग गर्ने हेतुले उक्त चलचित्र प्रदर्शन गर्न लागिएको बताईएको छ | सिन्जुकुस्थित युनिभर्सल सिटी हलमा आउँदो २ तारिख आइतवार सांझ ९ बजेदेखि १२ बजेसम्म प्रदर्शन हुन गईरहेको उक्त चलचित्र हेर्न उत्साहजनक उपस्थितिका लागि जापानबासी नेपालीहरुमा अपिल गरिएको छ |
चलचित्रमा गोविन्द शाही, निशा अधिकारी, आष्मा डिसी, श्याम पुरी, प्रकृति श्रेष्ठ, सलोल बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ|
चलचित्र प्रदर्शनको टिकट दर भने तोकिएको छैन, ईच्छुकहरुले स्वेच्छिक आर्थिक सहयोग गरेर विद्यालय निर्माणमा सघाउन पुरयाईदिन आयोजक पक्षले जापानबासी नेपालीहरुमा अपिल गरिएको छ |
0 comments :
Post a Comment