English Edition

हिमानीलाई प्रधानमन्त्रीमा उठाइने !

एमाले र एमाओवादीले उठाउँदै आएको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दामा सहमति जनाउन कांग्रेसमाथि निक्कै ठूलो दबाब परेको छ । खासगरी छिमेकी मुलुक भारतको सत्तारुढ भारतीय जनता पार्टीका नेताहरुबाट कांग्रेसमाथि यस्तो दबाब आउनुलाई रहस्यपूर्ण मानिएको छ । भाजपा दुई पिलर र गणतन्त्रको धारमा विभाजित भएको बुझिन्छ ।

समाचार स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहको केही समय अघिको तारन्तार भारत भ्रमण र भारतको एउटा लबीद्धारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको वकालत संयोगमात्र होइन । केही समय अघि पूर्व राजालाई भाजपका नेताहरुले पुनर्वहालीको लागि तत्कालै जनमत नभएको र जनमत जुट्न अझै केही वर्ष लाग्न सक्ने जवाफ दिएको समाचार आएको थियो ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका व्यवस्था संविधानमा राख्ने र पूर्वराजा शाहलाई राष्ट्रपतिको उम्मेदवार बनाएर चुनाव जिताउने रणनीति नेताहरुले बनाएको बुझिएको छ ।

पूर्व राजा शाह र पूर्व युवराज्ञी हिमानी शाहमध्ये जसलाई अघि बढाउँदा चुनाव जित्न सजिलो हुन्छ उसैलाई अघि बढाउने रणनीति उनीहरुले बनाएको समाचार स्रोतले जनाएको छ ।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रावधान संविधानमा राखिए ज्ञानेन्द्रलाई चुनाव लडाउने र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरिए हिमानीलाई उम्मेदवार बनाउने रणनीति तय गरिए उनी नै अन्य उम्मेदवारभन्दा पपुलर हुने एकथरीको विश्लेषण रहेको समाचार तरुण साप्ताहिकले छापेको छ ।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment