English Edition

नेपाल-भारत मैत्रीपूर्ण फुटबल: गोलरहित बराबरीमा सकियो

नेपालको राष्ट्रिय फुटबल टोलीले सोमबार भएको मैत्रीपूर्ण खेलमा भारतलाई गोलरहित बराबरीमा रोकेको छ। पुणेस्थित बालुवाडी रंगशालामा भएको खेलमा नेपाली टोली अधिकांश समय आफ्नो पोस्टमा हाबी भएको घरेलु टोलीलाई गोल गर्नबाट रोक्न व्यस्त बनेको थियो। नेपालले रक्षात्मक रणनीति अपनाएको थियो। खेलमाभारतले एकतर्फी दबाब कायम गर्दा नेपाली रक्षापंक्ति अत्यन्तै व्यस्त बनेको थियो।

भारतविरुद्ध खेल्ने नेपाली टोलीमा जगजित श्रेष्ठ, अञ्जन विस्ट, बिमल घर्तीमगर, अजय खवास, विशाल राई, किरण लिम्बु (गोल किपर), सागर थापा (कप्तान), अनन्त तामाङ, रविन श्रेष्ठ, निरज महर्जन, रोहित चन्द रहेका छन्। १२ हजार दर्शक क्षमताको रंगशालामा करिब ५ हजार भारतीय फुटबल समर्थक अएको थियो।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment