English Edition

एनआरएन महासचिव पन्तको उपाध्यक्षमा उमेद्वारी

 बाल्टिमोर, अमेरिका /
एनआरएन केन्द्रिय समितिको आगामी निर्वाचनलाई ध्यानमा राखेर उमेद्वारी घोषणा गर्ने क्रम धमाधम चलिरहेको छ |

 यसै क्रममा एनआरएन केन्द्रिय समितिका महासचिव कुमार पन्तले उपाध्यक्ष पदमा आफ्नो उमेद्वारी घोषणा गरेका छन् |

पन्त युरोपका चर्चित युवा व्यावसायी हुन् |  समाजसेवी कुमार पन्तले आगामी अक्टोबरमा सम्पन्न हुने गैर आवासीय नेपाली संघको  सातौं अन्तराष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष पदका लागि उम्मेद्वारी दिने घोषणासंगै प्रचार प्रसारमा तिब्रता ल्याएका छन् ।

 मंगलबार मात्रै प्रेस विज्ञप्ती जारी गरेर  उनले उपाध्यक्षको उम्मेदवार हुने घोषणा गरेका हुन् ।

बर्तमान महासचिव पन्त गैर आवासिय नेपाली संघको अभियानमा लामो समयदेखि आवद्ध छन् | उनले स्थानीय संयोजक , अन्तराष्ट्रिय परिषद सदस्य, युरोप संयोजक हुँदै महासचिव जस्तो महत्वपूर्ण पदमापुगेका हुन । उनलाई सफल र कुशल महासचिवका रुपमा पनि हेर्ने गरिएको छ |


उम्मेद्वारी घोषणापछी पन्तले गैरआवाशिय नेपालीहरुको भूमिका अझ फराकिलो भएको भन्दै आफ्नो लामो अनुभवलाई नेपाल र नेपालीका हीतमा लगाउन नयाँ जिम्मेवारी लिने सोचमा पुगेको द नेपाल टुडेसंगको कुराकानीमा बताउनु भयो |


"संघको निरन्तरको दवाव र छलफलका कारण नेपालको संबिधान २०७२ मा एनआरएनहरुका लागि गैरआवाशिय नगरिकता समावेश हुँदा खुशी र गर्वको अनुभूति भएको छ" पन्तले भने, " हामी बोलीमा होइनस्वदेशका लागि काम गरेर देखाउन आतुर छौं ।"

भुकम्पले तहसनहस पारेको नेपालको पुनर्निर्माण  आफ्नो पहिलो प्राथमिकता हुने पनि पन्तले बताएका छन् ।

मध्यपूर्वमा नेपाली श्रमिकहरुले भोगिरहेका समस्याका बारेमा गतिलो कार्यनिति बनाउनु आफ्नो अर्को एजेण्डा भएको पन्तको भनाई छ |

पन्तले लामो समयदेखि संघको विभिन्न पदमा रहेर सक्रियताका साथ काम गरिरहेका छन् | विश्वका ७१ देशमा फैलिएको एनआरएनलाई आजको अवस्थामा ल्याउने धेरै अभियन्तामध्ये पछिल्लो समय पन्तको सक्रिय भूमिकाले पनि काम गरेको धेरैको विश्वास  छ ।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment