English Edition

विन्ध्यवासिनी नवदुर्गा महोत्सवको तयारी सुरु

पोखरा ५ असोज
नेपालीहरुको महान् चाड वडादशैंको अवसरमा पोखराको प्रसिद्ध धार्मिक स्थल विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा घटस्थापनादेखि नवमीसम्म हुने महोत्सवको तयारी सुरु भएको हो । महोत्सवका लागि समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठको अध्यक्षमा मुल समारोह समिति गठन भएको छ भने विभिन्न २३ वटा उपसमिति पनि गठन भएको छ । समितिले यो नवौं पटक महोत्सव गर्न लागेको हो ।

महोत्सवको सुरुको दिन घटस्थापनामा शोभायात्रामा नवदुर्गाका नौ रुपसहित एक सय आठ कलश, विन्ध्यवासिनी मन्दिरको झाकी, विभिन्न भजन समूह, जातीय भेषभूषा, सांस्कृतिक झाँकीहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, आमा समूह तथा विभिन्न धार्मिक, सामाजिक, शैक्षिक संघसंस्थाहरुको सहभागितामा नवदुर्गा शोभा यात्रा हुने समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए । 

मन्दिर परिसरबाट निस्केर नवदुर्गाको नौ रुपको झाँकीसहितको ¥यालीले पोखराको विभिन्न ठाउँको परिक्रमा गरि पुनः मन्दिरमा पुगेर समापन हुने आयोजकले जनाएको छ । मन्दिर परिसरमा घटस्थापनाको दिनदेखि नवदुर्गा महोत्सव अन्तर्गत महानवमीको दिनसम्म दैनिक संगीतमय श्रीमददेवी भागवत कथा वाचन हुने समितिका अध्यक्ष तथा मुल समारोह समिति संयोजक गणेश बहादुर श्रेष्ठले जानकारी दिए । 

महोत्सवमा युवा पण्डित नारायण देवकोटाले प्रवचन गर्नेछन् भने भारतको बनारस र नेपालको पशुपति बाग्मती किनारमा हुने गरेको आरती जस्तै संगीतमय आरतीको पनि प्रारम्भ भैसकेको छ । आरतीका लागि विन्ध्यवासिनी गुरुकुलका पूर्व विद्यार्थी तथा बनारसमा अनुभव बटुलेका गोकर्ण शर्मा पोखरा आएका छन् । विन्ध्यवासिनी मन्दिरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यले बडादशैंको अवसरमा नवदुर्गा महोत्सवको आयोजना गर्दै आएको समितिका सचिव तीर्थ श्रेष्ठले जानकाी दिए । विन्ध्यवासिनी मन्दिरको साढे ३ सय बर्षको ईतिहास रहेको र मन्दिरमा स्वदेशी तथा विदेशी दर्शनार्थीको घुइचो लाग्ने गरेको श्रेष्ठको भनाई छ । 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment