English Edition

जनताको युग सुरू -प्रचण्ड

नयाँ संविधान जारी भएको खुसियालीमा संविधानको विशेष स्वागत समारोहलाई एमाओवादी अध्यक्ष प्रचण्डले सम्बोधन गर्दै अब जनताको युग सुरू भएको बताएका छन्।

राजधानीको सैनिक मञ्च टुँडिखेलमा सभामा बोल्दै प्रचण्डले दलहरुको आपसी समझदारी नै वर्तमान सफलताको मुख्य कारण हो भने | उनले भने, " यो अझै कायमै रहन्छ |"

संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई सबैले आफ्नो संबिधान भन्नु पर्ने र अपनत्व बोध गर्नुपर्ने बताए |

सभामा सम्बोधन गर्दै उनले संविधान जोगाउने र कार्यान्वयन गर्ने चुनौतिपूर्ण दायित्व अब दलहरु र नेपाली जनताको अगाडी रहेको बताए असन्तुष्ट पक्षहरुलाई आफ्ना जायज मागहरु सहित  वार्तामा आउन आव्हान गरे। उत्पीडित समुदायको अधिकारका लागि आफूले नै पहिल आवाज उठाएको भन्दै सबैको जायज मागका लागि आफूले सहयोग गर्ने बताए।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment