English Edition

थापा र गच्छेदार उप प्रधानमन्त्री

काठमाडौँ / नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा नयाँ मन्त्रिमण्डल गठन भएको छ ।

प्रधानमन्त्री सहित आठ मन्त्रीले सोमबार राष्ट्रपति डा रामवरण यादवले समक्ष पद तथा गोपनीयताको सपथ लिएपछि आठ सदस्य रहेको नयाँ मन्त्रिमण्डल गठन भएको हो ।

राष्ट्रपति डा यादवले प्रधानमन्त्री ओलीको उपस्थितिमा उपपधानमन्त्रीको रुपमा कमल थापा र विजयकुमार गच्छदारलाई पद तथा गोपनीयताको शपथ गराए ।  नवनियुक्त उपप्रधानमन्त्री थापा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष हुन् । थापा संविधानसभाको दोस्रो निर्वाचनमा समानुपातिक तर्फबाट सभासद् बनेका हुन्  । अर्का उपप्रधानमन्त्री विजयकुमार गच्छदार मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष हुन् ।

एमालेका तीन, एमाओवादी र राप्रपाका एक–एक मन्त्री

शीतलनिवासमा प्रधानमन्त्री र दुई उपप्रधानमन्त्री बाहेक अन्य पाँच मन्त्रीले सपथ लिएका छन् ।  एमालेका तर्फबाट अग्नि खरेल, सोमप्रसाद पाण्डे र सत्यनारायण मण्डल मन्त्री बनेका छन् ।

एकीकृत माओवादीको तर्फबाट हरिबोल गजुरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका तर्फबाट रामकुमार सुब्बा ओली नेतृत्वको मन्त्रिमण्डलमा सहभागी छन् ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment