मुलुकको कार्यकारी प्रमुखकोरुपमा निर्वाचित हुनुभएका खड्गप्रसाद ओलीका अगाडि चुनौतीहरुका चाङ नै छन् । यतिखेर नेपालको इतिहासमै सवैभन्दा कठीन मोडमा मुलुक रहेको अवस्थामा ओलीले यसलाई कसरी व्यवस्थापन गर्नुहुनेछ भन्नेमा धेरैले चासोकासाथ हेरेका छन् ।
ओलीका सामू रहेका चुनौतीहरु आन्तरिकमात्र नभई वाह्य व्यवस्थापनको हिसावले पनि उत्तिकै जटिल छन् ।प्रधानमन्त्रीको उम्मेदवारी दावीवारे धारणा राख्नेक्रममा ओलीले आफू सिहंदरवारमा फोटो झुण्डाउने प्रधानमन्त्रीमात्र सीमित नरहने बताउँनुभएको थियो ।
उहाँले आफ्नो विपक्षमा मतदान गर्नेलाई समेत आफूलाई मतदान नगरेकोमा थकथक लाग्ने गरि काम गरेर देखाउँने प्रतिवद्दता व्यक्त गर्नुभएको थियो । ओलीले राजनीतिको चुस्त व्यवस्थापनवाट आर्थिक सामाजिक परिवर्तनतर्फ बढी ध्यान दिनुभएको छ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment