"मेरो सरकार नया ढंगले अगाडी बढ्छ | बिगतका सरकारसंग तुलना र परम्परागत सोचले नसोच्नु होला" प्रधानमन्त्री पदको शपथ ग्रहणपछि सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले भने |
मधेसको समस्या वार्ताबाटै समाधान हुने बताउँदै प्रधानमन्त्री ओलीले मधेस केन्द्रीत् दलहरु संविधान स्वीकार गरेर प्रधानमन्त्री निर्वाचनमा आइसकेको भन्दै उनले छिट्टै समस्याको समाधान हुनेमा ढुक्क हुन आग्रह समेत गरे।
प्रधानमन्त्री ओलीले आफ्नो पहिलो निर्णय स्वरूप नेपालका दुर्गम स्थानमा हाल रहेका ३ सय ५० तुइनलाई दुई वर्षभित्र झोलुङ्गेपुलले विस्थापित गर्ने बताएका छन् ।
"अब नेपालमा तुइनको जमाना सिध्यो । हामी नयाँ जामानामा प्रवेश गरेका छौँ" भन्दै प्रधानमन्त्री ओलीले दुई वर्षभित्रमा तीन अर्ब २५ करोड ७७ लाखको लागतमा निर्माण गरिसक्ने पनि संचारकर्मीसंगको भेटमा बताए |
प्रधानमन्त्री ओलीले राष्ट्रिय सतर्कता केन्द्रसँग सम्बन्धित प्रशासनिक सुधारको कामका साथै मुलुकका विभिन्न क्षेत्रलाई बिल्कुलै नयाँ ढङ्गले अगाडि बढाउने विश्वास दिलाए।
मुलुकमा शान्ति, सुव्यवस्था, सुशासन कायम हुने र कानुनको राज स्थापना गर्ने दृढता व्यक्त गर्दै ओलीले सबै प्रकारका असमानता र विभेदजन्य कुरालाई हटाउने पनि बताए।
भूकम्पपछिको पुनः निमार्णको थालनीमा तीव्रताका साथ लाग्ने बताउँदै उनले सुरक्षित बस्ती विकासका लागि गुरुयोजना अन्तर्गत व्यवस्थित र आधुनिक सहरको विकास तथा परिवर्तन गरिने जानकारी दिए।
अब आपूर्ति व्यवस्था सहज हुने बताउँदै प्रधानमन्त्री ओलीले संविधानसभा छोडेर आन्दोलन गर्न गएका दलहरु आइतबारबाट संविधानलाई स्वीकार गरी संसदीय प्रक्रियामा सहभागी भएका र अब संवैधानिक तथा कानुनी जटिलता नभएको स्पष्ट पारे। उनले आन्दोलनरत दलका केही माग छन् भने तिनीहरुलाई छलफल गरेर संवादका माध्यमले सहमतिका साथ टुङ्ग्याउन सकिने बताए।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment