राष्ट्रपतिको निर्वाचनमा आफ्नो पार्टीबाट कसलाई उठाउने भन्नेबारे छलफल गर्न नेकपा एमालेले स्थायी समितिको बैठक बोलाएको छ ।
एमालेले सनिबार साँझ स्थायी समितिको बैठक बोलाएको हो ।
'एमालेको सकभर आज साँझ र नभए भोलि बिहान स्थायी समितिको बैठक बस्छ" केन्द्रिय कमिटिका एक बरिष्ट नेताले द नेपाल टुडेसंग भने |
आजैको बैठकले राष्ट्रपतिमा कसलाई उठाउने भन्ने टुंगो लगाउने पनि बुझिएको छ । नभएपनि कस्तो समीकरण बनाएर जाने भन्ने बारेमा टुंगो पनि लगाउने ति नेताले बताए |
एमालेको पछिल्लो स्थिति अनुसार उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपतिमा उठाउनुपर्ने एमाले अध्यक्ष केपी शर्मा ओली समूहको माग छ भने सुभाष नेंवांगलाई उठाउनु पर्ने भन्ने नेपाल पक्षको दावी रहदै आएको छ |
यदी दुबैको बिषयमा चर्को विवाद आएमा झलनाथ खनालको नाममा सहमति हुन सक्ने पनि बुझिएको छ |
ओली स्वयं भने भण्डारीले पाए भण्डारीलाई र नपाए कांग्रेसलाई खुशी पार्ने सुरमा छन | माओबादीलाई सभामुख र मन्त्रिमण्डलमा भाग दिएपछि ओलीले सकेसम्म कांग्रेसलाई समेट्न चाहन्छन | तर विद्या भण्डारीलाई राष्ट्रपतिमा उठाउनुपर्ने बिषयमा उनले अलि बढी नै खतरा मोल्न सक्ने संकेत मिलेको छ |
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment