राष्ट्रपति निर्वाचनका उमेद्वारका विषयमा अन्य दलसँग पनि छलफल गरेर टुंगो लगाउने निर्णय कांग्रेसले गरेको छ |
संसदको बैठक बस्नु केही समय अघि नयाँवानेश्वरस्थित संसद भवनमा बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय समितिको बैठकले अन्य दलसँग परामर्श गरेर उमेद्वार चयन गर्ने जिम्मा पदाधिकारीलाई दिने निर्णय गरेको प्रवक्ता दिलेन्द्र बडुले जानकारी दिए ।
बैठकले राष्ट्रपति र उपराष्ट्रपति पदका लागि हुने निर्वाचनमा उमेद्वारी दिने निर्णय गरेको पनि प्रवक्ता दिलेन्द्र बडुले जानकारी
दिए ।
बैठकले संविधानको धारा २९७ बमोजिम संसदबाट गोप्य मतदानका आधारमा नयाँ राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले भने, पार्टीको उम्मेदवारीका विषयमा संसदमा रहेका सबै राजनीतिक दलसँग परामर्श गर्न पार्टीका पदाधिकारीहरुलाई जिम्मेवारी दिएको छ। बडुका अनुसार पदाधिकारीहरुले यस विषयमा परामर्श गरी उम्मेदवार चयन समेत गर्ने र त्यसलाई पार्टी केन्द्रीय समितिले अनुमोदन गर्ने छ।
कांग्रेसका तर्फबाट वर्तमान राष्ट्रपति रामवरण यादव, पार्टी नेता कुलबहादुर गुरुङ र मानबहादुर विश्वकर्माको नाम चर्चामा आएको छ।
साथै मधेसको आन्दोलनको समर्थनमा भारतीय सरकारले विगत एक महिनादेखि लगाएको अघोषित नाकाबन्दीका कारण उत्पन्न असहज परिस्थितीको तत्काल अन्त्यका लागि कुटनितिक पहल थाली स्थिती सहज बनाउन सरकारसँग जोडदार माग गरेको छ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment