काठमाडौं : नयाँ संवैधानिक व्यवस्थाअनुसार व्यवस्थापिका–संसद्मा आजदेखि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको प्रक्रिया प्रारम्भ हुँदैछ। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको प्रक्रिया सुरु गर्न शनिबार अपराह्न ३ बजे संसद् बैठक बस्दैछ।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका प्रस्तुत गर्ने र संसद् सचिवालयका महासचिवलाई निर्वाचन अधिकृत तोक्ने बैठकको कार्यसूची छ।
"सहमतिका माध्यमबाट दुवै पदपूर्ति गर्न सदनले राजनीतिक दलहरूलाई कात्तिक ८ गते आइतबारसम्म समय दिने र त्यसो नभए १० गते मङ्गलबार निर्वाचनको मिति निर्धारण हुने प्रबल सम्भावना छ",– निर्वाचनबारे जानकारी दिँदै व्यवस्थापिका–संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुँइकेलले बताए।
राष्ट्रपति र उपराष्ट्रपति सहमतिमा चयन नभएर निर्वाचन भएमा उम्मेदवारले प्रचारप्रसारका निम्ति कात्तिक ९ गते समय समेत पाउन सक्ने सम्भावनालाई उनले नकारेनन्। ती दुवै पदमा गोप्य मतदान हुने व्यवस्था संविधानले गरेको छ।
-रासस
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment