English Edition

को होला दोस्रो राष्ट्रपति ?

काठमाडौं । आजबाट नयाँ राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्बाचन प्रक्रिया शुरु हुँदैछ ।

संविधानको संक्रमणकालीन व्यवस्था अन्तर्गत मुलुकको दोस्रो राष्ट्रपति तथा उपराष्ट्रपति चयन गर्ने प्रक्रिया थाल्न दिउँसो तीन बजे संसदको बैठक बस्दैछ ।

बैठकले निर्बाचन कार्यतालिका सार्वजनिक गर्नुको साथै संसदका महासचिवलाई निर्बाचन अधिकृत तोक्नेछ । नयाँ संविधानको धारा २९७ को उपधारा २ अनुसार सहमतिमा राष्ट्रपति तथा उपराष्ट्रपति चयन गर्नका लागि सभामुखले केही समय दिन सक्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार सभामुख ओनसरी घर्तिले सहमतिका लागी भोली आइतबारसम्मका लागी दलहरुलाई समय दिन सक्ने छिन् ।

निर्बाचन प्रक्रिया जारी रहुन्जेल अर्थात नयाँ राष्टपति चयन नहुन्जेल राष्ट्रपतिको सम्पूर्ण कार्यभार सभामुखले लिनुपर्नेछ । दलहरुबिच सहमतिको सम्भावना शनिबारसम्म देखिएको छैन । बहुमतिय प्रक्रियामा गए भोली अर्थात आइतबार साँझसम्म मुलुकले नयाँ राष्ट्रपति तथा उपराष्ट्रपति प्राप्त गर्नेछ ।

शनिबार साँझसम्म दुवै पदका लागी सहमतिय उम्मेदवार बनाउन दलहरुविच छलफल हुने बताइएपनि छलफलका लागी कुनै दलले पहल गरेको छैन ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र मधेसवादी दलको एक उम्मेदवार र सत्ता साझेदार दलहरुको एक उम्मेदवार हुने सम्भावना रहेको समेत दलका नेताहरुले बताउने गरेका छन् ।

कांग्रेस-मधेसवादीका तर्फबाट हालका राष्ट्रपति रामबरण यादवकै निरन्तरता, तमलोपा नेता महन्त ठाकुर वा कांग्रेस नेता कुल बहादुर गूरुङ र मानबहादुर विश्वकर्माको चर्चा छ भने सत्तासाझेदार दलका तर्फबाट एमाले नेताहरु झलनाथ खनाल, विद्या भण्डारी, एमाओवादी नेता अमिक शेरचन, नन्दकिशोर पुन  पासाङको समेत चर्चा छ ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment