English Edition

राष्ट्रपतिमा ठाकुर, गुरुङ, यादव र विश्वकर्माको चर्चा

कांग्रेसका शीर्ष तीन नेताले राष्ट्रपतिमा दाबी गर्दै उम्मेदवारी दिने अवस्था नदेखिएपछि पार्टीभित्रै वा बाहिरबाट उसले राष्ट्रपतिको उम्मेदवार उठाउने चर्चा छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

कांग्रेस सभापति सुशील कोइराला पुन: पार्टी सभापति बन्न चाहेको, वरिष्ठ नेता शेरबहादुर देउवाले पनि १३औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिन चाहेको र उपसभापति रामचन्द्र पौडेलले अझै सक्रिय राजनीति गर्न चाहेका छन् ।

सोही कारण शीर्ष तीन नेताले पार्टीभित्रैबाट अरूलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी थालेका छन् । कांग्रेसले अहिलेकै राष्ट्रपति डा. रामवरण यादवलाई पुन: अगाडि बढाउनेदेखि मधेस आन्दोलनलाई ‘सेफ ल्यान्डिङ’ गर्न तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई अघि लगाउनेसमेत चर्चा छ ।

कांग्रेसले सहमति भए जनजातिबाट केबी गुरुङ र दलित समुदायबाट मानबहादुर विश्वकर्मालाई राष्ट्रपतिको उम्मेदवार बनाउन सक्नेछ । ‘मधेस आन्दोलनलाई ‘सेफ ल्यान्डिङ’ गराउनदेखि तराई–मधेसमा कांग्रेसको जनाधारलाई कायम राख्न कांग्रेसले महन्थ ठाकुरलाई अघि लगाउने विषयले पनि चर्चा पाएको छ,’ कांग्रेस एक केन्द्रीय सदस्य भन्छन्, ‘तर, सभामुखमा कांग्रेसले सघायो भन्दैमा एमाले र एमाओवादीले कांग्रेसले अघि सारेको उम्मेदवारलाई भोट हाल्छन् र जिताउँछन् भन्ने छैन ।’

एमालेले राष्ट्रपतिमा आफ्नै दाबी गरिरहेकाले कांग्रेसको यो प्रयासले सार्थक रूप पाउन सक्नेमा ती नेता नै विश्वस्त छैनन् । मधेसका सर्वमान्य नेता, पूर्व कांग्रेस नेता भएको र प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई भोट हाले पनि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकसमेतले ठाकुरको नाममा समर्थन गर्न सक्ने कांग्रेस बुझाइ छ ।

तर, मधेसी समुदाय नै बनाउने हो भने कांग्रेसबाटै राष्ट्रपति भएका रामवरण यादवलाई अघि बढाउनुपर्ने, महिला सभामुख पहिलोपटक भएपछि राष्ट्रपति पनि समावेशी बनाउँदै पहिलोपटक दलितबाट मानबहादुर विश्वकर्मालाई अघि बढाउनुपर्ने र जनजातिबाट केबी गुरुङलाई बनाउनुपर्नेमा पनि छलफल भइरहेको ती नेताले बताए । ‘
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment