English Edition

ब्रेज मेश्रों साँझ -२०१५ बिबिध सांस्कृतिक कार्यक्रम भब्य रूपमा सम्पन्न...

ब्रेज मेश्रों घान्द्रुक समाज जापानको आयोजनामा यही अक्टुबर -२५ तारिक आईतबारको दिन ईकीगामी खाइकन हलमा  "ब्रेज मेश्रों साँझ -२०१५ बिबिध सांस्कृतिक कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ  । कार्यक्रमका सभापति बुद्धी बहादुर गुरुङ, बिशेष अथिति नेपल अधिवासी जनजाती महासंघ जापानका अध्यक्ष पासाङ शेर्पा,थकाली सेवा समिति जापानका अधक्ष्य  बुद्धि बहादुर गौचन  र तमु धिं जापान का बरिस्ठ उपादक्ष्य श्री भक्त गुरुङ ज्युहरु बाट संयुक्त रुपमा कार्यक्रम उद्घाटन भएको थियो ।
औपचारिक कार्यक्रम सोहि समाजका सचिव उक्तामन गुरुङले संचालन गरेका थिए भने कार्यक्रमका उद्घोषक ओमप्रकाश गुरुङ र पूनम गुरुङ रहेका थिए | कार्यक्रमका प्रमुख आकर्षणका रूपमा  नेपालबाट आमन्त्रित कलाकार अनिल सिंह र बिमल परियार थिए भने अर्को कार्यक्रमकै सिलसिलामा जापान आएकी  गायिका भिमु गुरुङले पनि दर्शकहरु लाई  निक्कै मनोरञ्जन दिएका थिए र साथमा स्थानीय कलाकारहरुले (अमर गुरुङ,बिनोद भण्डारी,टाशी लामा,अम्बिका गुरुङ,सुमा,अनिशा,सर्मिला,मन गुरुङ,बबिता र रिना लिम्बु)  पनि दर्शकहरु लाई निक्कै नचाएका थिए |
समाजको बार्षिकउत्सब सँगै दसैं तिहारको शुभ अब्सरमा बाढी पहिरो सहयोगार्थत "ब्रेज मेश्रों साँझ" नामकरण गरेको उक्त कार्यक्रमबाट उठेको सबै रकम खर्च कटाएर बाढी पहिरोले क्षेतीग्रस्त भएको कोल्टेभाटी पुल र मत्क्यु पुल निर्माणको लागी सहयोग गर्ने कुरा आयोजक कमिटिका प्रचार बिभागका संयोजक युक्तमान गुरुङले बताउनुभयो ।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment