प्रधानमन्त्री केपी शर्मा ओलीले आफु सरकारमा रहूञ्जेल देश र जनतालाई घात हुने कुनै सम्झौता नगर्ने अडान दोहोर्याउँनु भएको छ । मधेसवादी दलहरुले संविधानको बारेमा गलत भ्रम सिर्जना गरिरहेको उहाँको दाबी छ । गैरसरकारी सस्था महासघ नेपालको आठौं महाधिवेशनको सोमबार राजधानीमा उदघाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुक र जनताको हित बिपरित कुने पनि सम्झौता नगर्ने बताउँनुभयो । महासघका अध्यक्ष शर्मिला कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले मधेश केन्द्रित दलहरुले सबिधानको बारेमा गलत भ्रम सिर्जना गरेको बताउँनुभयो । आन्दोलनका नाममा अमानवीय काम गरिरहेका मधेश केन्द्रित दलहरुले उल्टै सबिधानका बारेमा भ्रम सिर्जना गरिरहेको प्रष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले मधेसवादी दलहरुले औषधि जलाएर, एम्वुलेन्समा हिडेका बच्चालाई आगो लगाएर र जनतालाइ भोकभोकै मार्न खोजेर कस्तो खालको आन्दोलन गर्न खोजेको भनी प्रश्न गर्नुभयो ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment