English Edition

अब राहदानी पाँच दिन भित्रै

सरकारले द्रुत सेवा अन्र्तगतको राहदानी पाँच दिन भित्रै प्रदान गर्ने भएको छ । जसको शुरुवात औपचारिकरुपमै सोमवारवाट गरिएको छ । सोमवार सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा आयोजित दु्रत पासपोर्ट सेवाको उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री कमल थापाले उद्घाटन गर्नुभयो । सर्वसाधारणले अत्यावश्यक प्रयोजनकालागि आवेदन दिएको पाँच दिनभित्र पासपोर्ट उपलव्ध गराउन मन्त्रालय अन्र्तगतको केन्द्रीय राहदानी विभागले लाईभ इनरोलमेन्ट सेवा शुरु गरेको हो । कार्यक्रममा धारणा राख्दै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री थापाले आम जनताको हजताकोलागि सुविधाहरु थप गर्दै लगिने वताउँनुभयो । द्रुत सेवा अन्र्तगतको कार्य अगाडि बढाउनकोलागि नारायणहिटीस्थित राहदानी विभागमा सात वटा सेन्टरहरुको स्थापना गरिएको छ । अबुधावी, क्वालालम्पुर, कुवेत, हङकङ, बेईजिङ, दोहा, रियाद, लण्डन, न्युयोर्क र वाशिङ्टनमापनि लाईभ इनरोलमेन्ट सेन्टर स्थापनाका लागि ृहकार्य भईसकेको विभागले जनाएको छ । लाईभ इनरोलमेन्ट सेवा सञ्चालनकालागि फ्रान्सेली कम्पनी ओबर्थर र विभागबीच गत साउन १ गते सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।


Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment