English Edition

स्वेतपत्र मार्फत नाकाबन्दीका बावजुद पनि आर्थिक विकासमा निरन्तरता दिने

अर्थमन्त्री बिष्णु पौडेलले मुलुकको समसामयिक अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा स्वेतपत्र प्रस्तुत गर्नु भएको छ ।भारतले लगाएको अघोषित नाकाबन्दी र मधेश आन्दोलनको कारण पेट्रोलियम पदार्थको आयात पं्रभावित हुदाँ निकै असहज बनेको अर्थतन्त्रलाई गति दिन सरकारले श्वेत पत्रमा आर्थिक रणनीति सहितको योजना प्रस्तुत गरेको छ । उहाँले आर्थिक वर्ष २०७२–०७३ मा कुल गाहस्र्थ उत्पादन ६ प्रतिशत रहने अनुमान गरिएकोमा ३ प्रतिशतमा सीमित रहेको उल्लेख गर्नुभयो । यस्तै चालु आर्थिक वर्षको कुल व्यापार घाटा ६ खर्ब ९३ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गर्नुभएको छ । मुलुकमा वारी संकटका कारण वैदेशिक तथा निजी लगानी समेत भित्रिन नसकेको जानकारी दिनुभयो । यस्तै स्थिति जारी रहे आर्थिक वृद्धिद्धर थप संकुचित बन्ने देखिएको बताउँनुभयो । 
अर्थमन्त्रालयले देशको आर्थिक सकटको अवस्था प्रति गम्भीरता प्रकट गदै स्वेतपत्र मार्फत नाकाबन्दीका बावजुद पनि आर्थिक विकासमा निरन्तरता दिने बताएको छ ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment